बिरगंज १० चैत । बीरगंज महानगरपालिका वडा नम्बर ८ पानीटंकीमा रहेको लिटलबडी इन्टरनेशनल प्रि स्कुलले आज अभिभावकहरुलाई एक दिने स्मार्ट अभिमुखिकरण तथा होली मिलन कार्यक्रम सम्पन्न भएको छ।
विद्यार्थीहरुको कसरी क्षमता अभिबृद्धि गर्न सकिन्छ भन्ने बारेमा विद्यार्थीहरुका अभिभावकहरुलाई भेला गराई प्रशिक्षण दिएको लिटल बडी इन्टरनेशनल प्रि स्कुलका निर्देशक राहुल श्रीवास्तवले जानकारी दिएका छन् ।
उनलेे भने विद्यार्थीहरु संगै अभिभावकहरुलाई पनि स्मार्ट गर्न अति आवश्यकता रहेकोले आज पुजा संग्रोलाबाट उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको निर्देशक राहुलले बताएका छन् ।पहिलो चरणमा करिब ६० जना अभिभावकहरुलाई उपस्थित गराएर यो अभिमुखिकरण कार्यक्रम मार्फत चेतना जगाउने काम गरेको बताए ।प्रिन्सिपल बिजय बलको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो ।
अभिमुखिकरण कार्यक्रममा सुरजबावु पटेल ,बीरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल गौगाशइ,तथा अभिभावकहरुको उल्लेखनीय सहभागी रहेको थियो ।कार्यक्रमको सहजिकरण युवराज केशरीले गरेका थिए।