वीरगंज ६ चैत्र वीरगंज चौधौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि भएर प्रथम स्थान हासिल गर्न सफल भएको वीरगंज महानगरको टोलीले विजयी भएर ल्याएको शिल्ड (पदक) आइतबार महानगरप्रमुख राजेशमान सिंहलाई हस्तान्तरण गरेको छ ।
महानगरको टोलीले प्रतियोगितामा एथलेटिक्स, कबडी, तेक्वान्दो, भलिबल तथा करातेका विभिन्न बिधा तथा समूहमा प्रतिष्पर्धा गरेको थियो ।
प्रतियोगितामा प्रतिष्पर्धा भएका मध्ये करातेतर्फ महानगरको टोलीले सबैभन्दा बढी १२ स्वर्ण पदक हात पा¥यो । यस्तै करातेतर्फ १० र एथलेटिक्समा ८ स्वर्ण हात पा¥यो ।
कबड्डीमा महिला पुरुष दुबै समूहको खेलमा महानगरले एकलौटी स्वर्ण पदक हात पार्न सफल भयो ।
एथलेटिक्समै ४ वटा रजत पदक समेत महानगरको टोलीले हात पारेको छ ।
प्रतियोगितामा सबैभन्दा बढी ३२ स्वर्ण हात पारेसँगै महानगर प्रथम भएको हो ।
महानगर प्रमुख सिंहलाई पदक हस्तान्तरण गर्न पर्सा जिल्ला तेक्वान्दो संघका अध्यक्ष गणेश मान श्रेष्ठ, सितोरियो कराते संघ पर्साका अध्यक्ष संतोष सर्राफ, राखेपका प्रशिक्षक नाजिर हुसेन सहभागि हुनु भएको थियो ।
गएको वर्ष भएको १३ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि पनि वीरगंज महानगरले नै जितेको थियो । लगातार दोस्रो पटक प्रथम हुन सफल भएको भन्दै महानगर प्रमुख सिंहले प्रतियोगितामा सहभागि खेलाडी तथा प्रशिक्षकलाई बधाई दिँदै खेलकुदको विकासका लागि महानगरले बजेट नै छुट्याएर काम गरिरहेको बताउनुभयो । खेल र खेलाडी दुबैको अवस्था सुधार्न आफू लागि परेको भन्दै महानगर प्रमुख सिंहले वीरगंजको नाम चिनाउने गरि प्रतिष्पर्धामा खरो उत्रन पनि खेलाडीहरुसँग आग्रह गर्नुभयो ।
गएको फागुन २८ देखि ३० गतेसम्म चलेको प्रतियोगितामा जिल्लाभरका पालिकाहरुले सहभागिता जनाएका थिए ।