Post Views: 111
वीरगञ्ज ४ चैत । वीरगञ्जका औषधी व्यवसायी बिचारी प्रसाद यादव जनमत पार्टीमा प्रवेश गरेका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ बहुअरी निवासी यादवलाई जनमत पार्टीका अध्यक्ष प्रतिनीधि सभा सदस्य डा. सिके (चन्द्रकान्त) राउतले सदस्यता प्रदान गरेका हुन् ।
पार्टीको सदस्यता प्रदान गर्दै अध्यक्ष राउतले जनमतप्रतिको आकर्षण बढ्दै गएको दाबी गरे । व्यवसायीदेखि समाजसेवी एवम् सबै क्षेत्रका व्यक्तिहरुको आगमनले पार्टी अझै सशक्त बनेको राउतको दाबी छ । जनमत पार्टीमा प्रवेश गरेका यादव FANCAN का मधेस प्रदेश अध्यक्षसमेत हुन् ।
पार्टीमा यादवको प्रवेशले पर्सा जिल्लामा जनमत अझै बलियो बनेको जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले बताए । आगामी दिनमा अझै धेरै व्यक्तिहरुको पार्टीमा प्रवेश गर्ने लहर चल्ने पनि उनको जिकिर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0