पर्साको छिपहरमाईमा स्कुले बालिका र महिलाहरुकाे अश्लील भिडियाे बनाएकाे अहमद पक्राउ

पर्सा ४ चैत । स्कुले बालिका र महिलाहरुकाे अश्लील भिडियाे बनाएकाे आराेपमा प्रहरीले पर्साको छिपहरमाई गाउँपालिका ५ बाट एक युवकलाई पक्राउ गरको छ। पक्राउ पर्नेमा छिपहरमाई गाउँपालिका वडा नम्बर ५ निवासी ३० बर्षिय सज्जाद आलम अहमद रहेका छन्।

Advertisement

सज्जादले गाउँपलिका क्षेत्र भित्रका स्कुल पढ़ने बालिका र गाउँका महिलाहरूको अश्लील भिडियो बनाएको आराेपमा गाँउलेले आइतबार नियन्त्रणमा लिएर प्रहरी चाैकी भिस्वाकाे जिम्मा लगाएका थिए।त्यसपछि स्थानीयले कडा कारबाहीकाे माग गर्दै भिस्वामा टायर बालेर प्रदर्शन गर्नुकासाथै बजारपनि बन्द गराएपछि सज्जादलाई त्यहाबाट ईलाका प्रहरी कार्यालय पाेखरियामा ल्याएर राखिएको प्रहरी निरीक्षक माेहनविक्रम केसीले जानकारी दिए।

सज्जादको साथबाट एक थान मोबाइल र २ थान पेनड्राइभपनि बरामद गरिएकाे उनले बताए ।साथै उनकाे माेबाइल रपेनड्राइभमा केहि अश्लील भिडियाेपनि भेटिएको उनले बताए ।
केहि समय पहिले साउदी अरबबाट वैदेशिक रोजगारी गरेर नेपाल फर्किएपछि यता सज्जाद यस्तो गतिविधिमा लागेको स्थानीयबासिको आरोप छ।

आराेपित सज्जादलाई ईलाका प्रहरी कार्यालय पाेखरियाकाे हिरासतमा राखिएको र पिडितहरुलाई लिखित जाहेरी लिएर आउन आग्रह गरिएको केसीले बताए ।उनले भने,`पिडितबाट जाहेरी आएपछि त्यसकै आधारमा कारबाही प्रकृया प्रहरीले अगाडि बढाउँछ ।´

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box