रौतहटमा शिवम मनि ट्रान्सफरका सञ्चालक साहमाथि गोली प्रहार, तीन जना पक्राउ

राैतहट २ चैत । रौतहटकाे रामपुरखापमा शिवम मनि ट्रान्सफरका सञ्चालक नितेश साहमाथि लुटेरा समूहले गोली प्रहार गरेको छ । राैतहटकाे परोहा नगरपालिका–९ रामपुरखाप स्थित मनि ट्रान्सफर भित्रै पसेर हतियारधारी समुहले साहमाथि शुक्रबार दिउँसाे १ बजे गोली हानेका हुन् ।

रौतहटका प्रहरी उपरिक्षक महेन्द्र कुमार श्रेष्ठका अनुसार कन्चटमागाेली लागि घाइते भएका साहलाई उपचारका लागि वीरगन्ज पठाइएकाे छ । श्रेष्ठले भने ‘साहकाे अवस्था चिन्ताजनक छ । कन्चटमा गाेली लागेकाे छ ।’

प्रहरीले उक्त घटनामा संलग्न तीन जना भारतीयलाई नियन्त्रणमा लिएकाे छ । भारतकाे माेतिहारीका मनिषकुमार यादव, राजनकुमार पासवान र चन्द्रभान सिंहलाई एक थान कटुवा पेस्ताेल सहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.