पाठशाला एजुकेसन फाउन्डेसन दुारा एसइइ र +२ का विद्यार्थीहरुलाई प्रशिक्षण

बिरगंज २९ फागुन । पाठशाला एजुकेसन फाउन्डेसन पर्साले आज बीरगंजमा एसइइ दिन लागेका र +२ गरेका विद्यार्थीहरुलाई एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ।

Advertisement

पाठशाला एजुकेसन फाउन्डेसन पर्साका डाइरेक्टर एवम् शान्ति समाजका सभापति प्रेम पटेलको अध्यक्षता तथा बीरगंज महानगरपालिका शिक्षा महाशाखाका प्रमुख अरबिन्दलाल कर्णको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यशाला गोष्ठीको उदघाटन समारोहमा विद्यार्थीहरुले आफ्नो महत्त्वपूर्ण समय लाई ध्यानमा राखेर म यो बन्छु भन्दा पनि उच्च शिक्षा पहिला म हासिल गर्छु भन्ने उदेश्य लिनुपर्ने बताए ।

उनलेे भने आफ्नो कार्यकालमा आफुले साइन्स लिएर अध्यापन गरेको भए पनि अहिले ठीक उल्टो शिक्षाको पेशागत भएर बाच्नु पर्ने आधार भएको बताएका छन् । म यो बन्छु भन्नुभन्दा म यो बिषयमा ज्ञान राख्छु भनेर शिक्षा गर्न जरुरी रहेको बताए ।

कार्यशाला गोष्ठीमा नृरसिंह माध्यमिक बिधालय तथा शिक्षक महासंघका सहअध्यक्ष हरेन्द्र कुर्मी ,शिक्षक संघका अध्यक्ष प्रदिप जैसवाल ,संघीय शिक्षक फोरम अध्यक्ष हरेन्द्र चौहान,डाक्टर राजेन्द्र कोइराला ,दिपक साह,प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राई,फोनिज मधेस प्रदेश इन्चार्ज निरज पिठाकोटेमगर तथा विभिन्न सामुदायिक बिधालयका प्रअहरु तथा विभिन्न कलेजका विद्यार्थीहरुको उल्लेखनीय सहभागी रहेको थियो । कार्यक्रमको सहजिकरण पत्रकार मुस्कान श्रेष्ठले गरेकी थिइन् ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box