बिरगंजमा चोरीको घटना दुई गुनाले बृद्धि, प्रहरी प्रशासन मौन

बिरगंज २६ फागुन । बिरगंजमा केही दिन यता चोरीको घटना दुई गुनाले बृद्धि भएको छ । बीरगंजको श्रीपुर एरियामा चोरीको घटना बढी मात्र हुने गरेको स्थानीय बासिन्दाहरुले बताउँछन् ।

अहिले अधिकास गरेर मोटरसाइकल ,मोबाइल , पसल,घर तथा होटलहरुमा चोरी हुने गरेको घटनाहरु बाहिर आएको छ । पर्सामा नयाँ एसपीको आगमन भए पनि बीरगंजमा चोरीको घटनामा कुनै कमी नभएको स्थानीयले बताइएका छन । चोरी गर्ने चोरहरुको पहिचान भए पनि प्रहरीले त्यस्ता चोरी गर्ने चोरीहरुलाई खासै पक्राउ गर्न पहल नगरेको देखिन्छ ।

प्रहरीले केही चोरी गर्ने चोर पक्राउ गरेर मैले ठूलै काम गरे भनेर हल्ला मात्र गर्ने तर चोरीको घटना दैनिक जसो बडढै गइरहेकोमा स्थानीय बासिन्दाहरुमा चिन्ता बढेको छ। प्रहरीले आफ्नो जनशक्ति कम छ भनेर गस्ती टोली रातको १२ बजे पछि प्रहरीको गस्ती टोलिनै ठप्प हुने गरेको प्रहरी स्रोतले जनाएको छ । रातिमा प्रहरीको गस्ती टोलि नघुम्दा चोरीको घटनामा धेरै बृद्धि हुने गरेको छ।

अहिले जिल्ला प्रहरी कार्यलय , वडा प्रहरी कार्यलयहरुमा चोरी भयो भनेर उजुरी दर्ता गर्न आउनेहरुको संख्या दुई गुनाले बृद्धि भएको भए पनि प्रहरीले खासै चासो देखाएको छैन । पहिला बीरगंजको गल्लीहरुमा यस्ता चोरी हुने गरेकोमा अहिले आएर प्रहरीको बिट नजिकै र मुख्य सडकको पसलहरुमा अधिकाश चोरी हुने गरेको स्थानीयहरु बताउँछन् ।

चोरीको घटना दिन प्रति दिन वृद्धि भएको भनेर प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता संग प्रतिक्रिया लिन जोदा अहिले म कुनै किसिमको प्रतिक्रिया दिन सक्दिन भनेर पन्छिन खोजेका थिए।प्रहरीले केवल आफ्नो अपैचारिक मात्र निभाउने काम गरेको तर प्रहरीले अधिकास घुमुवा क्युआर गस्ती नाकाहरुमा मात्र केन्द्रित हुने गरेकाले चोरीको घटनामा वृद्धि बढेको हो ।

प्रहरी प्रशासन अहिले यी चोरी गर्ने चोरहरु माथि खासै निगरानी नगरेकाले दैनिक जसो चोरी हुने गरेको छ। चोरी गर्ने चोर अहिले पनि खुलेआम घुमफिर गरेर हिड्ने गरेको भए पनि प्रहरीले त्यस्ता चोरहरु माथि निगरानी नगरेकाले चोरहरुको मनोबल बढने गरेको स्थानीयले बताएका छन् । अहिले घर धनी वा पसलेहरुले रातिको समयमा आफैं बेला बखत चोर आयो कि भनेर घरीघरी हेर्नु पर्ने अवस्था आएको एक जना घर धनीले बताएका हुन । हामी अहिले चयनले सुत्न पाएका छैनौं पहिला यस्तो घटना कहाँ हुन्थ्यो र भनेर गुनासो पोख्छन् । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.