निजी तथा आवासीय बिधालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) को १५ अौ जिल्ला र ५ अौ नगर वार्षिक साधारणसभा सम्पन्न

बिरगंज २१ फागुन । निजी तथा आवासीय बिधालय अर्गनाइजेसन नेपाल ( प्याब्सन ) १५ अौ जिल्ला तथा पाँचौ ५ अौ महानगरपालिकाको नगर वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

प्याब्सन जिल्ला कार्यसमिति पर्साका अध्यक्ष पुरन प्रधानको अध्यक्षता तथा निजी तथा आवासीय बिधालय अर्गनाइजेसन नेपाल मधेस प्रदेशका अध्यक्ष दिपक रेग्मीको प्रमुख आतिथ्यमा सो वार्षिक साधारणसभा सम्पन्न भएको हो ।उहाँले अहिले हाम्रो निजी बिधालय माथि चारैतिरबाट प्रहार हुने काम भइरहेकाले सचेत हुन जरुरी रहेको बताए । सरकारले निजी बिधालयलाई गुठीमा लैजाने तयारी गरेको थियो तर प्याब्सनको कारण शिक्षा विधेयक रोकिएको बताए ।

हामीले शिक्षा विधेयकमा आपत्ति रहेको भन्दै हामीले ७७ जिल्ला बाट प्याब्सनले दबाबमूलक कार्यक्रम मार्फत आन्दोलन घोषण गरेकै कारण अहिले सो शिक्षा विधेयक थन्किएको बताएका छन् । कुनै पनि काम एक ब्यक्ति बाट नहुने भएकोले संगठन आवश्यकता रहने भएकोले हामी मजबुत भएर जान्नु पर्ने धारणा राख्नु भएको थियो । अहिले पनि सरकार कुनै न कुनै बाहाना खोजिरहेकोले बेलामा सचेत भएर प्याब्सन बन्नुपर्ने जिकिर गरे ।

निजी बिधालयले शिक्षा मात्र नभएर अतिरिक्त क्रियाकलाप संगै अब बैकल्पिक उपाय खोज्ने बेला आइरहेको बाउदै सरकारले सरकारी बिधालयमा उच्च शिक्षा हासिल गरेका शिक्षक र विभिन्न प्रविधि प्रयोग गरेर निशुल्क शिक्षा दिने तरखरमा लागेकाले अब निजी बिधालयले स्तर उकास्न हामीले आजैदेखि लाग्न जरुरी रहेको रेग्मीको भनाइ रहेको छ। कार्यक्रममा वार्षिक प्रतिवेदन सचिव राहुल श्रीवास्तव तथा आयब्य कोषाध्यक्ष रामकिशोर यादवले गर्नुभएको थियो ।

भने महानगरपालिकाको नगर पनि पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ।नगर अध्यक्ष आलोक चौरसियाको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न भएको हो ।वार्षिक साधारणसभामा नगर सचिव सन्नी पाख्रिनले प्रतिवेदन प्रस्तुति गर्नुभएको थियो भने कोषाध्यक्ष सुरजबाबु पटेलले आयब्य प्रस्तुत गर्नुभएको थियो । वार्षिक साधारणसभामा मधेस प्रदेशका नीति आयोगका सदस्य डाक्टर हरि शंकर साहलाई सम्मानित गरेको थियो ।उहाँले प्याब्सनलाई धेरै योगदान गरेको भन्दै सम्मानित गरिएको वरिष्ठ उपाध्यक्ष सरोज प्रसाद चौधरीले बताएका छन् ।

वार्षिक साधारणसभामा प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा ,प्याब्सनका मधेस प्रदेशका वरिष्ठ उपाध्यक्ष श्याम केसी ,सल्लाहकारदयहरु मनी पाख्रिन,लालबाबु पटेल ,डाक्टर हरि शंकर,जिल्ला सल्लाहकार इमामुदिन अहमद ,वरिष्ठ उपाध्यक्ष सरोज प्रसाद चौधरी ,उपाध्यक्ष शिवजी गुप्ता ,सचिव राहुल श्रीवास्तव,कोषाध्यक्ष राम किशोर यादव ,सहसचिव बिरेन्द्र प्रसाद यादव ,शुभाष प्रधान ,सुशीला साह,नगरउपाध्यक्ष प्रदिप कुशवाहा,सहसचिव शर्मानन्द कुशवाहा,अमित आलोक,शुलभ केसी ,रिकु कायस्य ,राकेश मिश्रा,विनोद उपाध्याय लगायतको तथा अन्य पदाधिकारीहरुको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.