माउन्ट मकालु इङलिस वोडिङ्ग स्कुलको २७ अौ वार्षिकोत्सब समारोह भब्य सम्पन्न

बिरगंज २१ फागुन । माउन्ट मकालु इङलिस बोडिङ्ग स्कुलको २७ अौ वार्षिकोत्सब समारोह आज भब्य रुपमा सम्पन्न भएको छ।

Advertisement

बीरगंज महानगरपालिका वडा नम्बर १० रानीघाट स्थित अशोक बाटिका नजिकै रहेको सो स्कुलको वार्षिकोत्सब समारोहको उदघाटन प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामाले गर्नुभएको थियो । उहाँले भने अहिलेसम्म नेपालको शिक्षा प्रणाली हेर्ने हो भने निजी बिधालयको धेरै योगदान रहेको बताए ।

हामी निजी बिधालयहरुले गुणस्तरीय शिक्षा संगै अतिरिक्त क्रियाकलापमा समेत उतिकै महत्त्वपूर्ण भुमिका खेल्न सफल भएको बताएका छन् । निजी बिधालयले अभिभावकको भावनालाई आफुहरुले राम्रो बुझेको र सोही अनुसार उहाँहरूको नानी बाबुहरुलाई हेरचाह गर्ने काम समेत हुदै आइरहेको प्रमुख अतिथि लामाले बताएका हुन ।

विद्यार्थीहरुले आफ्नो नृत्य तथा संस्कृतिक कार्यक्रम गरेर अभिभावकहरुलाई आक्रहण गराउने काम गरेका थिए। स्कुलका संचालक कामेश्वर प्रसाद श्रीवास्तवको अध्यक्षतामा सम्पन्न सो वार्षिकोत्सब समारोहको स्वागत मनतब्य माउन्ट मकालु इङलिस वोडिङ्ग स्कुलका प्रिन्सिपल राहुल श्रीवास्तवले गर्नुभएको थियो ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box