जीवन ज्योति माविको ३१ अौ वार्षिकोत्सब समारोह सम्पन्न

बिरगंज २० फागुन । बीरगंज महानगरपालिका वडा नम्बर ९ मा रहेको जीवन ज्योति माविको ३१ अौ वार्षिकोत्सब समारोह आज नगर सभा गृहहलमा सम्पन्न भएको छ ।

Advertisement

बिधालयका डाइरेक्टर मिनाक्षी गुप्ताको अध्यक्षता तथा प्याब्सन बागमती प्रदेशका अध्यक्ष केशवलाल श्रेष्ठको प्रमुख आतिथ्यमा सो वार्षिकोत्सब समारोह सम्पन्न भएको हो ।उहाँले अहिले निजी बिधालयले राज्यलाई धेरै उपलब्धि दिएको धारणा राख्नु भएको छ हामी निजी बिधालयले गुणस्तरीय शिक्षा संगै अतिरिक्त क्रियाकलापहरुमा समेत उतिकै अहम भुमिका रहेको बताए । हामी केवल शिक्षा क्षेत्रमा मात्र नभइ सामाजिक क्षेत्रमा पनि उतिकै हाम्रो भुमिका रहेको श्रेष्ठले बताएका छन् ।

अहिले सरकारले निजी बिधालयहरुलाई आफ्नो मुठ्ठीमा पार्ने काम खोजी रहेकोले हाम्रो निजी बिधालयहरुको छाता संगठन प्याब्सन चुप लागेर नबस्ने धारणा राख्नु भएको थियो ।

वार्षिकोत्सब समारोहमा प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा ,जिल्ला अध्यक्ष पुरन प्रधान ,वरिष्ठ उपाध्यक्ष सरोज चौधरी ,सचिव राहुल श्रीवास्तव,मधेस प्रदेशका वरिष्ठ उपाध्यक्ष श्याम केसी ,नगर अध्यक्ष आलोक चौरसिया,बीरगंज उधोग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम ,गौतम स्कुलका डाइरेक्टर सोनम लामा ,सल्लाहकार हरि श्याम ठाकुर ,सल्लाहकार लालबाबु पटेल ,राजेन्द्र कोइराला ,मानव आश्रमका देवेश ,प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राई,डाक्टर अशोक दास,शिवजी गोयल,आइसिपीका गणेशप्रसाद घिमिरे,इ मधेस डट. कम अनलाइनका दिपक चौरसिया लगायतको उपस्थित रहेको थियो ।कार्यक्रमको स्वागत मनतब्य प्रिन्सिपल शिवजी गुप्ताले गर्नुभएको सो कार्यक्रमको संचालन उज्ज्वल घिमिरेले गरेका थिए ।

वार्षिकोत्सब समारोहमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई सम्मानित गरिएको थियो भने विद्यार्थीहरुले विभिन्न नृत्य तथा संस्कृतिक कार्यक्रम समेत आयोजना गरेको थियो ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box