सनलाइट स्कुलको १८ अौ वार्षिकोत्सब समारोह सम्पन्न

बिरगंज २० फागुन । बीरगंज महानगरपालिका वडा नम्बर १६ नगवामा सनलाइट +२ म्यानेजमेन्टको १८ अौ वार्षिकोत्सब समारोह सम्पन्न भएको छ। सनलाईट +२ का संचालक डिके चौरसियाको सभापतित्वमा तथा प्याब्सन जिल्ला कार्यसमिति पर्साका अध्यक्ष पुरन प्रधानको प्रमुख आतिथ्यमा सो स्कुलको वार्षिकोत्सब समारोह सम्पन्न भएको हो ।

Advertisement

कार्यक्रमको उदघाटन समारोहमा प्रमुख अतिथि प्रधानले शिक्षक,शिक्षिकालाई दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताए । शिक्षक,शिक्षिकाहरुकाे कारण विद्यार्थीहरुलाई आज यो ठाउँ सम्म आइपुग्नु भनेको धेरै उपलब्धि रहेको प्रधानले बताएका छन् । हामी शिक्षक,शिक्षिकाहरुले अध्यापन गराएका विद्यार्थीहरु राम्रो ठाउँमा पुग्न सफल भएको जिकिर गरे ।

वार्षिकोत्सब समारोहमा प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा ,मधेस प्रदेशका वरिष्ठ उपाध्यक्ष श्याम केसी ,प्याब्सनका वरिष्ठ उपाध्यक्ष सरोज चौधरी ,सल्लाहकार हरिश्याम ठाकुर ,उपाध्यक्ष शिवजी गुप्ता ,साउथजोन माविका भ्याइस प्रिन्सिपल अशोक संग्रोला, ठाराब क्याम्पसका पुर्व क्याम्पस प्रमुख उमेश चौरसिया,वडा नम्बर १६ का वडा अध्यक्ष पशुराम चौरसिया, न्युवभ माविका प्रिन्सिपल सुभाष प्रधान ,सनलाइट स्कुलका कोडिनेटर राजन चौरसिया,लगायतले आ,आफ्नो धारणा राख्नु भएको थियो ।

कार्यक्रमको स्वागत मनतब्य सनलाइट + २ का प्रिन्सिपल आलोक चौरसियाले गर्नुभएको थियो ।वार्षिकोत्सब समारोहमा वर्षभरी विभिन्न क्षेत्रमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई सम्मानित गरिएको थियो भने विद्यार्थीहरुले नृत्य तथा संस्कृतिक कार्यक्रम समेत गरेका थिए। वार्षिकोत्सब समारोहमा अभिभावक तथा विद्यार्थीहरुको उल्लेखनीय सहभागी रहेको थियो ।वार्षिकोत्सब समारोहमा विद्यार्थीहरुले विभिन्न नृत्य तथा संस्कृतिक प्रस्तुति गरेका थिए।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box