श्री रामजानकी मठको जग्गामा लगाइएको निषेधज्ञा हटाइयो : श्रीपुर रानीघाट

वीरगञ्ज १८ फाल्गुन । पर्सा जिल्ला मा वीरगञ्जको रानीघाटस्थित श्रीराम जानकी मठ मन्दिरको ७ कट्ठा १५ धुर जग्गा हडप्ने योजना बिफल भएको छ । किर्ते गरेर नक्कली लालपूर्जा बनाई उक्त जग्गा आफ्नो नाममा बनाउने प्रञ्चलाई उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले असफल बनाएको हो ।

१६ फागुनमा न्यायाधीशद्वय ऋषिराम निरौला र हरिप्रसाद जोशीको सँयुक्त इजलासले पूरानो आदेशलाई खारेज गरेको हो । आदेश खारेज गर्नका लागि स्थानीय रन्जन कुमार सिंहसहित १० जनाले प्रदिप कुमार रौनियारविरुद्ध दिएको निवेदनमाथि निवेदकका तर्फबाट अधिवक्ता दिनानाथ प्रसाद साह र विपक्षीको तर्फबाट अधिवक्ता हरिकृष्ण अधिकारी र पन्नालाल गुप्ताले बहस गरेका थिए ।

आदेशमा भनिएको छ, ‘विवादित साविक कित्ता नम्बर ३७ हालको कित्ता नम्बर ५५ को जग्गाको हकको श्रोत सम्बन्धमा सम्बन्धित निकायमा कार्यवाहीको प्रक्रियामा रहेको अवस्थाबाट निवेदकको हक विवादरहित हुन नसकेको स्थितीमा पछि निर्णय हुँदाका बखत विस्तृत विवेचना भई आदेश हुने नै हुँदा हाललाई यस अदालतबाट मिति २०८०/०९/१८ को अन्तरिम आदेशलाई निरन्तरता दिई रहन परेन ।’

कस्तो खाले आदेश थियो ?? बुझौ

उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले १८ पुष २०८० मा निषेधाज्ञा आदेश जारी गरेको थियो । प्रदिप कुमार रौनियारले ताराचन्द्र प्रसाद कुर्मी समेत १२ जनालाई विपक्षी बनाई निषेधाज्ञाको मुद्धा दर्ता गरेका थिए । जसमा न्यायाधीश अर्जुन महर्जनको इजलासले निवेदक रौनियारको तर्फबाट अधिवक्ता हरिकृष्ण अधिकारीको एकपक्षिय बहसका आधारमा अन्तरिम आदेश जारी गरिएको थियो ।

जसमा भनिएको थियो, ‘कित्ता नम्बर ५५ को जग्गा मिसिल संलग्न नक्सा पास, लिइएको सिफासि समेतबाट निवेदककै हक भोगको देखिएको अवस्था हुँदा भोगचलनमा बाधा विरोध गर्ने, मुर्ति राख्ने, कब्जा गर्ने कुनै भौतिक संरचना निर्माण गर्ने जस्ता कार्य नगर्नु नगराउनु भनी विपक्षीहरुका नाउमा अन्तरिम आदेश जारी गरी दिएको छु ।’

जग्गाको पृष्ठभूमि बारे जानौं ..
१५ चैत २०२२ सालमा उक्त जग्गाको सर्भे नापी भएको थियो । उक्त नापीअनुसार हिरण्य शमशेर जबराका छोरा सुवर्ण शमशेरकी पत्नी रानी श्वेतप्रभा देवी राणालाई काल्पनीक मोही बनाइएको थियो । ले. (लेखन दास) ईन्द्र लोचन शर्माको नम्बरी जग्गा होे । सर्जमिनमा दुवै जना अनुपस्थित भए । पञ्चायत सदस्य जोगिन्द्र राम सोनारको किर्ते हस्ताक्षर गरेर मालपोत कार्यालय पर्सामा छुट्टै जग्गा धनी पुर्जा बनाएको पाइयो । तर जग्गा धनी पुर्जामा शर्माको बाबु, आमाको बतन लेखिएको पाइएन ।

मालपोत कार्यालय पर्साका तत्कालिन नासु मदन गुप्ताले उक्त नक्कली जग्गा धनी पुर्जा खडा गरेका थिए । गुप्ता अहिले कारागारमा छन्, किर्ते मुद्दामै दोषी ठहर भई ५ करोड जरिवाना र १६ वर्ष जेल सजाय उनले काटीरहेका छन् ।

१८ चैत २०३९ सालमा इन्द्र लोचन शर्माको निधन भयो । ५ माघ २०४९ सालमा शहरी क्षेत्रको नयाँ नापी भयो । जसमा उक्त जग्गाको किसान महल, जग्ग धनी महल र कैफीयत महल सबै खाली थियो । जग्गा नापचाजँ ऐन २०१९ को दफा ८ मा कसैको जग्गा छुटफुट भएमा नापी भएको २ वर्षभित्र प्रमाण देखाई आफ्नो नाममा बनाउनुपर्ने व्यवस्था छ ।

सोही व्यवस्था अनुसार सरकारी भएको उक्त जग्गा पुनः ईन्द्र लोचन शर्माका छोरा हरिहर भक्त शर्मा र नरनारायण भक्त शर्माले तत्कालिन कार्यवाहक प्रधान पञ्च मदन गुप्ताबाट ६ कार्तिक २०४३ सालमा सँयुक्त नामसारी गराए । ४ साउन २०४४ मा रजिष्टे«शन नम्बर २५ बाट राजीनामा गरेर प्रदीप रौनियारले २ लाख रुपैयाँ थैली राखी गोप्य रुपमा आफ्नो नाममा उक्त जग्गा बनाए ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर हालको ११ साविकको १४ स्थित साविक कित्ता नम्बर ३७ हालको ५५ मा नापि शाखाका कर्मचारीलाई मिलाएर १४ चैत २०५९ मा गोप्य निवेदन दिई फिल्ड बुकमा आफ्नो नाममा गराए । साथै उक्त जग्गामा रहेको धर्मशाला तथा अन्य संरचना पनि आफैले बनाएको भनि रौनियारले झुठ बोलेको पाइयो ।

सोही झुठका आधारमा गोप्य रुपमा फिल्ड बुक सच्याइएको प्रमाणका भरमा रौनियारले उक्त जग्गा आफ्नो भएको दाबी गर्दै खाली गराउन धाक धम्की दिँदै आएको रानीघाट छठ पूजा सेवा समितिका उपाध्यक्ष रन्जन कुमार सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.