हामीलाई कानुनले बाँधेको हुन्छ, चाहेर पनि आजको भोलि फैसला गर्न सक्दैनौं : प्रधानन्यायाधीश श्रेष्ठ

वीरगंज १४ फाल्गुन । सर्वच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले कानुनले बाँधेका कारण अदालतको सेवा प्रवाहमा केही ढिलाई हुने गरेको बताएका छन्। हेटौंडा-२ स्थित जिल्ला अदालत मकवानपुरको नवनिर्मित भवनको सोमबार उद्घाटन गर्दै उनले भने, ‘अदालतको काम कारबाही अलि ढिलै हुन्छ। चाहेर पनि आजको भोलि फैसला गर्न सक्दैनौं। हामीलाई कानुनले बाँधेको हुन्छ।’

Advertisement

धेरै कार्यविधि पुरा गर्नुपर्ने भएकाले काहिलेकाहीँ न्याय सम्पादनमा ढिलाइ हुने गरेको उनको भनाइ छ। ‘कुनै नागरिकको सम्पत्तिमा जबर्जस्ती गर्न संविधानले रोक लगाउँछ, धेरै कानुन र कार्यविधि हेरेर काम गर्नुपर्छ। सबैको चहाना र हाम्रो पनि चहाना छिटो छरितो न्याय होस् भन्ने हो,’ उनले भने।

सर्वोच्च अदालतमा केही न्यायाधीश थपिएको र महिनामा ३-४ वटा इजलास विकास निर्माणसम्बन्धि मुद्दा हेर्नेगरी मिलाइएको श्रेष्ठले बताए। ‘सरकारले बाटो बनाउँछ, अदालतले स्टे अडरमार्फत् काम रोक्दिन्छ। विकास निर्माणका महत्वपूर्ण काममा हाम्रो गम्भीर चासो छ,’ उनले भने, ‘राजश्वको मुद्दा, विकास निर्माणका मुद्दा सर्वोच्च अदालतमा छन् भने त्यसलाई विषेश मुद्दा ब्यवस्थापन पद्दतिमार्फत् छिटो न्याय सम्पादनको काम गर्ने प्रयत्न भइरहेको छ।’

स्थानीय तहका न्यायिक समितिले गरेको न्यायिक कारबाहीका कारण जिल्ला अदालतमा मुद्दाको चाप कम भएको र संविधानले भनेबमोजिम गाउँघरमै अदालतको सेवा प्रवाह भइरहेको उनको भनाइ छ। आफू प्रधानन्यायाधीश भएपछि निष्पक्ष र छिटो छरितो न्याय सम्पादनलाई प्राथमिकता दिएर काम गरिरहे उनलेको बताए। साभार अन्नपूर्ण पोस्ट

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box