लघुवित्तका ऋणी महिलाहरुले संसद् भवनमै गरे प्रदर्शन, घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौँ १४ फागुन । नयाँ बानेश्वरस्थित संसद् भवनमा लघुवित्तका ऋणीहरू प्रवेश गरेको घटनाबारे उपत्यका प्रहरी कार्यालयले छानबिन गर्ने भएको छ । घटनाबारे छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीको नेतृत्वमा समिति गठन गरिएको छ ।

उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले छानबिन समिति गठन गरेका हुन् । समितिमा जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालयका डिएसपी दिनेश घिमिरे सदस्य छन् ।

‘सुरक्षा कमजोरी’ बारे छानबिन गर्न समिति गठन गरिएको उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले रातोपाटीलाई बताए । उनले भने–‘निषेधित क्षेत्रमा लघुवित्त प्रभावितहरू कसरी प्रवेश गरे भन्नेबारे छानबिन गर्न समितिलाई कार्यादेश दिइएको छ ।’

Facebook Comments Box

समन्धित समाचार