वीरगञ्जमा कर्फ्यूको क्रममा पक्राउ परेका २१ जना रिहा

बिरगंज ८ फागुन । वीरगञ्जमा कर्फ्यूको क्रममा पक्राउ परेका २१ जना रिहा भएका छन्। कर्फ्यू लागेको बेला प्रदर्शन गरेको र कर्फ्यू उल्लङ्घन गरेको आरोपमा पक्राउ परेका २१ जनालाई गयराति रिहा गरिएको हो।

Advertisement

मङ्गलवार दिउँसो वीरगञ्जका विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरिएको थियो। जिल्ला प्रशासन कार्यालय पर्सामा हिन्दु समाज पर्सा र स्थानीय प्रशासनबीच सहमति भएपछि प्रहरीले उनीहरू राति १०ः३० बजे रिहा गरेको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय पर्साबाट मङ्गलवार राति रिहा हुनेहरूरुमा पर्साको पकाहामैनपुरका रामेश राम, वीरगञ्जको घडिअर्वाका राजन साह कानु, रिसभ मिश्रा, राकेश यादव, रजनिश यादव, बाराको देवतालका नरेश राम, वीरगञ्ज नगवाका सुभाष पाल, पर्साको जगरनाथपुरका जितेन्द्र यादव लगायतका रहेको हिन्दू समाजका अगुवा रन्जीत साहले बताए।

यसअघि मङ्गलवार नै जिल्ला प्रशासन कार्यालयमा स्थानीय प्रशासन र हिन्दु समाज पर्साका अगुवाहरुबिच मंगलबार दिउँसो सर्वदलीय–सर्वपक्षीय बैठकले गरेका पाँच बुँदे सहमति कार्यान्वयन गर्ने सहमति भएको थियो। उक्त सहमतिमा सोमवार हिन्दु धर्मको झण्डा च्यात्ने, फरक धर्मका समुदायलाई गालीगलौज र धम्की दिनेहरूलाई पक्राउ गरी प्रहरीले कारबाही गर्ने पनि उल्लेख छ। साभार : नागरिक दैनिक

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box