साउथजोन माध्यमिक बिधालयको १५ अौ वार्षिकोत्सब आज भब्य रुपमा सम्पन्न

बिरगंज ६ फागुन । बीरगंज महानगरपालिका वडा नम्बर १३ राधेमाई स्थितमा रहेको साउथजोन माध्यमिक बिधालयको १५ अौ वार्षिकोत्सब आज भब्य रुपमा सम्पन्न भएको छ। बीरगंजको साह दरबारमा आयोजित सो स्कुलको वार्षिकोत्सबको पुर्व मन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य प्रदिप यादवले उदघाटन गर्नुभएको थियो ।

Advertisement

उहाँले साउथजोन माध्यमिक बिधालयले छोटो समयमा अभिभावकहरुको मन जित्न सफल भएको बताए । बिधालयले आफ्नो वार्षिकोत्सब समारोहमा आफ्नो वर्ष भरिको गतिविधि गर्ने भएकोले आफ्न नानीहरूले बिधालयमा शिक्षा संगै अन्य गतिविधिमा कति को प्रगति गरेको छ भन्ने बारेमा स्वयंम अभिभावकहरु उपस्थित भएर देख्न पाउने अवसर यहीँ वार्षिकोत्सबमा समारोह मार्फत जानकारी लिने र अभिभावकहरु संन्तुति बताए ।

छोटो समयमा धेरै प्रगति गरेकोमा बिधालयलाई शुभकामना दिनुका साथै विद्यार्थीहरुको संगीतीक कार्यक्रम तथा विभिन्न संस्कृतिक कार्यक्रम प्रस्तुति गर्नुका साथै विभिन्न बिधाका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मानित गरिएको थियो । साउथजोन माध्यमिक बिधालयका डाइरेक्टर तथा प्रिन्सिपल सरोज प्रसाद चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

बिधालयको वार्षिकोत्सब समारोहमा बीरगंज महानगरपालिका शिक्षा महाशाखाका प्रमुख अरबिन्दलाल कर्ण, प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा ,प्याब्सन मधेस प्रदेशका वरिष्ठ उपाध्यक्ष श्याम केसी सदस्य इमामुदिन अहमद ,प्याब्सन वरिष्ठ उपाध्यक्ष हरि श्याम ठाकुर ,उपाध्यक्ष शिवजी गुप्ता ,कोषाध्यक्ष रामकिशोर यादव ,सचिव राहुल श्रीवास्तव,प्याब्सन नगर अध्यक्ष आलोक चौरसिया,एन प्याब्सन जिल्ला अध्यक्ष राम श्रेष्ठ ,नगर अध्यक्ष जियालाल गुप्ता ,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी महासंघका कोषाध्यक्ष संजिव मिश्रा,,प्रेस सेन्टर नेपाल केन्द्रीय सदस्य जगत राई,केन्द्रीय सदस्य निरज पिठाकोटेमगर,प्रेस संगठन नेपाल केन्द्रीय सदस्य पटेल ,जिल्ला अध्यक्ष शम्भु सुमन ,प्रेस चौतारी पर्साका अध्यक्ष बिजय भन्डारी,भोजपुरी टाइम्स दैनिकका अजय चौरसिया,इमधेस डटकमका दिपक चौरसिया,बीरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाइ,अभिभावक संघका अध्यक्ष अमर गौतम ,सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुन ठकुराइ,तथा अभिभावक र विद्यार्थीहरुको उल्लेखनीय सहभागी रहेको थियो ।कार्यक्रमको स्वागत राकेश तथा कार्यक्रमको सहजिकरण सहायक प्रिन्सिपल अशोक संग्रोलाले गर्नुभएको थियो ।बिधालयले वर्ष भरि खेलकुद ,चित्रकला ,हाजिरी जवाफ ,फुटबल ,नृत्य ,लगायत अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई प्रमाणपत्र तथा मेडले सम्मानित गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box