ओम नेशनल एकेडेमीको ९ अौ वार्षिकोत्सब भब्य रुपमा सम्पन्न

बिरगंज ५ फागुन । बीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा रहेको ओम नेशनल एकेडेमी स्कुलको ९ अौ वार्षिकोत्सब आज भब्य रुपमा सम्पन्न भएको छ। ओम नेशनल एकेडेमी स्कुलका डाइरेक्टर एवम् प्रिन्सिपल हरिश्याम ठाकुरको अध्यक्षता तथा संसाद एवम् पुर्व बन वातावरण मन्त्री प्रदिप यादवको प्रमुख आतिथ्यमा सो वार्षिकोत्सब समारोह सम्पन्न भएको हो ।

Advertisement

संसाद यादवले स्कुलको वार्षिकोत्सबको उदघाटन समारोहमा अहिले शिक्षा ऐन आउन लागेको तर आफ्नै पार्टीको शिक्षा मन्त्री भए पनि भद्रगोल रहेको बताए । शिक्षा ऐन सबैलाई सुकार्य हुने खालको हुनुपर्ने भएकोले आफुले पनि नियम संशोधन हुनुपर्छ भनेर निवेदन दर्ता गरेकोले ताली कर्मचारीले खाने र गाली चाहिँ आफुहरुले खाने खालको शिक्षा ऐन भएको बताए । उनलेे भने स्कुलको गतिविधि धेरै राम्रो भएको तर १०% प्रतिशत गरिव विपन्न दलित तथा निमुखा जनताका बालबालिकाहरुले पाउनुपर्ने नियम रहेकोले यस बिधालयले पनि उक्त नियम पालाना गरिरहेको होला भन्ने विश्वास लिएको बताएका छन् ।

स्कुलको वार्षिकोत्सब समारोहमा ठाकुरराम बहुमुखी क्याम्पसका डाक्टर महेन्द्र गुप्ता ,स्कुलका डाइरेक्टर नागिना प्रसाद साह,वडा नम्बर ११ का वडा अध्यक्ष अजय चौरसिया,प्याब्सका केन्द्रीय सदस्य छेडुप लामा ,मधेस प्रदेशका वरिष्ठ उपाध्यक्ष श्याम केसी ,प्रदेश सदस्य इमामुदीन अहमद ,सल्लाहकार लालबाबु पटेल ,प्याब्सनका जिल्ला कार्यसमिति पर्साका अध्यक्ष पुरन प्रधान ,वरिष्ठ उपाध्यक्ष सरोज प्रसाद चौधरी ,उपाध्यक्ष शिवजी गुप्ता ,कोषाध्यक्ष रामकिशोर यादव ,जिल्ला सचिव राहुल श्रीवास्तव,प्याब्सन नगर अध्यक्ष आलोक चौरसिया,एन प्याब्सन नगर अध्यक्ष जियालाल गुप्ता ,नृसिंह माविका प्रअ हरेन्द्र कर्मी,त्रिजुद माविको नवीन मिश्रा तथा विभिन्न सामुदायिक बिधालयका प्रअहरुको विशेष उपस्थित रहेको थियो ।

बिधालयले आफ्नो वार्षिकोत्सब समारोहमा विभिन्न बिधामा उत्कृष्ट अंक ल्याउने तथा अन्य क्रियाकलाप सक्रिय भएका विद्यार्थीहरु तथा अतिथिहरुलाई समेत सम्मानित गरिएको थियो । कार्यक्रमको स्वागत मनतब्य बिधालयका संचालक नागिना प्रसाद साहले गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण संयोजक प्रेम बाबू गुरुङले गरेका थिए। विद्यार्थीहरुले विभिन्न संस्कृतिक नृत्यहरु प्रस्तुति गरेको थियो ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box