रौतहटमा युवकले आफैलाई गोली हानि आत्महत्या

रौतहट ३ फागुन । रौतहटमा एकजना युवकले आफैँले बोकेको कटुवा पेस्तोलले गोली हानेर आत्महत्या गरेका छन्। जिल्लाको वृन्दावन नगरपालिका ७ धमौराका ४५ वर्षीय जयप्रकाश साहले कटुवा पेस्तोलले गोली हानेर आत्महत्या गरेका हुन्।

Advertisement

बिहिवार बिहान ९ बजेर ४५ मिनेटमा आफ्नो घरमै रहेको अवस्थामा जयप्रकाशले कटुवा पेस्तोलले आफ्नै छातिमुनी पेटको माथिलो भागमा एक राउण्ड गोली प्रहार गरेका थिए। गोली लागेर अचेत अवस्थामा उनलाई उपचारको लागि भरतपुर अस्पतालमा लैजाँदा डाक्टरले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएस्पी ओमा प्रकाश खनालले बताए।

उनले प्रयोग गरेको पेस्तोल प्रहरीले नियनत्रणमा लिएको छ। मृतकको शव पोष्मार्टमका लागि भरतपुर अस्पतालमा राखिएको डिएस्पी खनालले बताएका छन। घटनाको कारण बारे अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box