वडा कार्यालयको सेवा प्रवाह चुस्त बनाउन मेयर सिंहको निर्देशन

वीरगंज १ फाल्गुन । वीरगंज महानगरपालिका को प्रत्येक वडा कार्यालयको सेवा प्रवाहलाई चुस्त र सहज बनाउन वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वडा सचिवहरुलाई निर्देशन दिएका छन् । मंगलवार महानगरपालिकाको सभाकक्षमा वडा सचिवहरुसँगको बैठकलाई सम्बोधन गर्दै प्रमुख सिंहले सेवा प्रवाहमा कुनै सम्झौता नगर्न आग्रह गरेका हुन् ।

Advertisement

वडा कार्यालयमा आउने सेवाग्राहीको काम विना कुनै झण्झट तत्काल गर्न महानगरभित्रका ३२ वटै वडा सचिवलाई उनले निर्देशन दिए । वडा कार्यालयमा सुशासन कायम राख्न आग्रह गर्दै कार्यालय समय भित्र सबै कर्मचारी कार्यालयमा उपस्थित हुनुपर्ने अन्यथा कारबाहीको भागीदार बन्नुपर्ने चेतावनीसमेत दिएका छन् ।

महानगरमा विकास निर्माणका कार्यसँगै सेवा प्रवाह चुस्त र सहज बनाउने अभियानमा आफु लागि परेको र यसमा कर्मचारीको तर्फबाट लापरबाही भए असह्य हुने उनले बताए ।

वडा सचिवहरुलाई निर्देशन दिँदै मेयर सिंहले भने, ‘कर्मचारीहरुमा ईमान्दारिता र लगनशीलता भयो भनेमात्रै सुशासन कायम हुनसक्छ । तसर्थ तपाईहरुले सेवाग्राहीलाई पहिलो प्राथमिकता दिनुपर्छ ।’

उक्त बैठकमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृकाप्रसाद भट्टराई, महानगरले गठन गरेको सुशासन समितिका संयोजक प्रदीप चौरसिया, समितिका सदस्य, मेयरका प्रेस सल्लाहकार महेश दास लगायतको सहभागीता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box