ठाकुरराम क्याम्पसमा वृहत सरसफाई कार्यक्रम सम्पन्न

वीरगंज २७ माघ । वीरगंज सरस्वती पुजाको अवसर पारेर समाजवादी विद्यार्थी युनियन, नेपाल ठाकुरराम बहुमुखी क्याम्पस ईकाइ कमिटी द्वारा शनिबार वीरगन्ज स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा वृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
यही फाल्गुन २ गते हुने विधाकी देवी माता सरस्वती पुजाको दिन नजिकीदै गएपछि ठाकुरराम बहुमुखी क्याम्पसमा समाजवादी विद्यार्थी युनियन, नेपाल इकाई समिति द्वारा वृहत सरसफाई गरिएको हो ।

समाजवादी विद्यार्थी युनियन , नेपाल इकाई समितिका अध्यक्ष दिलखुश देवानको अध्यक्षतामा गरिएको कार्यक्रममा जसपा नेपालका सदस्य फिरोज मंसुर , समाजवादी विद्यार्थी युनियन नेपालका सदस्य मो सगीर अली, एजाज बाबु राकी , राजु गुप्ता, इकाई उपाध्यक्ष मिगेद्र पासवान , सचिव अंकित मिश्रा , सह सचिव साहिद अंसारी , सुशील साह , राजन साह , राज कुमार साह , महाविर रजक लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.