वीरगञ्ज २१ माघ । वीरगञ्ज चिनी कारखानाको मैदानमा आयोजना हुने सीताराम नाम संकीर्तन महायज्ञ-१०८ कुञ्ज एवं नौ दिवसीय विष्णु महायज्ञ हुने भएकाे छ ।
बिरगंजको पिपरामा यहि माघ २८ गतेदेखि हुन लागेको ९ दिने श्री विष्णु महायज्ञको तयारी अन्तिम चरणमा पुगेको महायज्ञ व्यवस्थापन मूल समितिले जनाएको छ । आइतबार पत्रकार सम्मेलन गरेर समितिले महायज्ञको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएकाे हाे।
वीरगन्जकाे पिपरास्थित चिनीमिलकाे जग्गामा हुने महायज्ञ महायज्ञको कलश यात्रा भने माघ २७ गते बिहान निकालिने र महायज्ञ माघ २८ गतेदेखि सुरु हुने पत्रकार सम्मेलनमा महायज्ञका संरक्षक श्री श्री १००८ श्री जगत नन्दन दास महराज(पगला बाबा) ले जानकारी गराए ।
उनका अनुसार महायज्ञमा १०८ कुञ्जमा १०८ वटा मण्डलीले अखण्ड पूजापाठ तथा कीर्तन गर्ने कार्यक्रम छ ।महायज्ञमा रामचरितमानस पाठ प्रवचन, रामलीला, रासलीला, रामायण पाठसहितका कार्यक्रमहरुपनि हुनेछन्।
९ दिनसम्म सञ्चालन हुने महायज्ञमा दैनिक १० हजार श्रद्धालु भक्तजनका लागि भण्डाराको व्यवस्था गरिएको समितिले जनाएको छ ।
महायज्ञ–१०८ कुञ्ज एवं नौ दिवसीय विष्णु महायज्ञकाे उद्घाटनको सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने भएका छन् महायज्ञ ब्यवस्थापन समितिले जनाएको छ ।
नौ दिनसम्म सञ्चालन हुने महायज्ञमा दैनिक १० हजार श्रद्धालु भक्तजनका लागि भण्डाराको व्यवस्था गरिएको समितिले जनाएको हो । महायज्ञमा १०८ कुञ्जमा १०८ वटा मण्डलीले अखण्ड पूजापाठ तथा कीर्तन गर्ने कार्यक्रम हुने छ ।