प्राज्ञिक विद्यार्थी परिषद्द्धारा वीरगंजमा दबाब यात्रा

वीरगंज १९ माघ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले राष्ट्रव्यापी शैक्षिक अभियान–२०८० अन्तर्गत शिक्षा क्षेत्रको समग्र सुधारका लागि वीरगंजमा विद्यार्थी दबाब यात्रा निकालिएको छ ।

Advertisement

वीरगंजका करिब दुइ दर्जन शिक्षण संस्थाहरुबाट एक हजार जना विद्यार्थीहरुको उपस्थितमा वीरगंजको घण्टाघरबाट सुरु भएको दबाव यात्रा माईस्थान, आदर्शनगर, घडिअर्वा हुदै पुनः घण्टाघरमा पुगेर समापन भएको थियो । प्राज्ञिक विद्यार्थी परिषद् नेपालका अध्यक्ष छितराज न्यौपानेको नेतृत्वमा निस्केको दबाव यात्रामा शिक्षामा वैदेशिक लगानी अन्त्य गरिनुपर्ने, शिक्षामा दलित भागभण्डा अन्त्य गरिनुपर्ने, नेपाली माटोको आधारमा पाठ्यक्रम तयार हुनुपर्ने, नेपालको इतिहास, महापुरुष, संस्कार, संस्कृतिको बारेमा पाठ्यक्रम तयार हुनुपर्ने लगायतका मागहरु गरेका थिए ।

सोह दबाव यात्रामा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्यौपाने, परिषद्का जानकी प्रदेश अध्यक्ष डा. सुस्मा तिवारी, परिषद्का राष्ट्रिय सचिव, कविराज न्याैपाने, केन्द्रीय सदस्य, घनश्याम नायक, प्रदेश अध्यक्ष सुस्मा तिवारी, प्रदेश सहसचिव अभिशेषक ठाकुर, प्रदेश कोषाध्यक्ष अरुण प्रसाद कुशवाह, प्रदेश सदस्य रत्नेश मिश्रा, रामशंकर पण्डित ,विद्यार्थी नेता प्रभावकर चाैरसीया लगायतले विशेष सम्बाेधन गरेका थियो ।

राष्ट्रव्यापी शैक्षिक अभियान २०८० अन्तर्गत समग्र शिक्षा क्षेत्रको सुधारका लागि विद्यार्थी दबाब यात्रामा करिब एक हजार विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box