माइथान बालविद्या मन्दिर इन्दु लाखे आधारभूत विद्यालयका २ सय बालबालिकालाई न्यानो कपडा वितरण

वीरगन्ज १६ फागुन । वीरगन्जको एक सामुदायिक विद्यालयमा अध्ययनरत दुई सय बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।

उपकार सेवा नेपाल र शिवशक्ति घिउ उद्योगले संयुक्त रुपमा वीरगन्ज नगरपालिका वडा नं ७ मा रहेको माइथान बालविद्या मन्दिर इन्दु लाखे आधारभूत विद्यालयका २ सय बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । दुवै संस्थाका प्रतिनिधिले सोमबार विद्यालयको भ्रमण गरी विद्यार्थीलाई स्वेटर, टोपी र १० जे जुत्ता हस्तान्तरण गरेको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए ।

कार्यक्रममा उपकार सेवा नेपालकी अध्यक्ष विद्याकुमारी सरोगी, सदस्य सुमन बगेडिया र अंकुर शर्मा, शिवशक्ति घिउ उद्योग लेखा प्रमुख ललितकुमार शर्मा, प्रशासनिक अधिकृत प्रमोदकुमार पटेल, समाजसेवी अशोक कुशवाहा, प्रधानाध्यापक रामधर साह, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदेश लाखेलगायतको उपस्थिति रहेको थियो । सदस्य नरोत्तम पाण्डे, बबिता अधिकारी, उमेश गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.