महानगरद्वारा मस्जिदमा गिजर र कार्पेट वितरण

वीरगंज १२ माघ । वीरगन्ज महानगरपालिकाले महानगरका विभिन्न वडामा रहेका मस्जिदहरुमा गिजर मेशिन र कार्पेट वितरण गरेको छ ।
वीरगन्ज मुस्लिम उत्थान समितिको समन्वयमा महानगरपालिकाले ३२ वटै वडाका विभिन्न मस्जिदमा पुगेर १÷१ थान गिजर मेशिन र कार्पेट वितरण गरेको हो ।

Advertisement

अहिलेको बढ्दो चिसोमा तातो पानीको सेवा उपलब्ध होस् भनेर मस्जिदहरुमा गिजर मेशिन वितरण गरिएको महानगरपालिका मेयर राजेशमान सिंहले बताउनुभयो । ‘मुस्लिम उत्थान समितिले नमाज पढ्न असहज भएको भनेर जानकारी गराए पछि उहाँहरुको सहजताका लागि महानगरका विभिन्न मस्जिदमा विद्युतीय गिजर मेशिन र कार्पेट उपलब्ध गराइएको हो,’ उहाँले भन्नुभयो ।
मुस्लिम समुदायको हकहितका लागि महानगरले स्थापना गरेको समितिले स्थलगत रुपमा नै पुगेर त्यहाँ अति आवश्यक पर्ने साधनहरु उपलब्ध गराउन महानगरसँग सहजिकरणको काम गरिरहेको वीरगन्ज मुस्लिम उत्थान समितिका अध्यक्ष अब्बास मन्सुरीले जानकारी दिनुभयो ।


गिजर तथा कार्पेट वितरण कार्यक्रममा वीरगन्ज मुस्लिम उत्थान समितिका सदस्यहरू खुश महम्मद मियाँ, असरद कमाल, सलाउद्दीन मंसूरी, जबार अंसारी, अफरोज आलम लगायतको पनि उपस्थिति रहेको थियोे ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box