विश्व हिन्दू परिषद् नेपालले रौतहटमा हनुमान मन्दिर र ब्रम्हास्थान मन्दिरमा आगजनी गर्नेलाइ कडा कारबाहीको माग

रौतहट, १२ गते माघ । विश्व हिन्दू परिषद् नेपालले रौतहटमा ८ माघ गते मंगलबारकै हनुमान मन्दिर र ब्रम्हास्थान मन्दिरमा पराल राखी आगजनी गरिएको जघन्य अपराधमा संलग्न दोषीमाथि कडा कारबाहीको माग गरेको छ ।

Advertisement

परिषद्ले बिहिबार विज्ञप्ति जारी गर्दै उक्त घटनालाई हिन्दू समाजमाथि ठाडो आक्रमण भन्दै दोषीलाई कानूनी दायरामा ल्याउन प्रशासन समक्ष जोडदार माग समेत गरेको छ ।

बिश्व भरि २२ जनवरी माघ ८ गते सोमबारको दिन सनातनी धर्मावलम्बीहरूले राममय बनेको थियो । प्रत्येक घरमा दिप जलाएर भारतको अयोध्यामा श्री राम मन्दिरको प्राण प्रतिष्ठाको उपलक्ष्यमा खुशी सट्टासट्टा गरि रहेकै लगत्तै रौतहटको ईशनाथ नगरपालिकाको वडा नं ५ जटहरा टोल स्थित हनुमान मन्दिर र ब्रम्हास्थानको मन्दिरमा रातिको मौका छोपेर अज्ञात समूहले पराल राखेर आगो बाली आगजनी गरी आक्रमण गरिएको थियो ।

छिमेकी राष्ट्र भारतको उत्तर प्रदेशराज्य अयोध्या स्थित २२ जनवरी माघ ८ गते बिहानैदेखि हिन्दू समुदायले आ-आफ्नो गाउँ टोलमा कलश यात्रा, शोभा रथ यात्रा, मोटरसाइकल रैली र आष्टाम, हनुमान राधना, रामधुन जस्ता धार्मिक कार्यको आयोजना गरेको थियो सोही अनुकुल ईशनाथ नपा ५ मोतिपुर टोलमा हिन्दु समुदायले आफ्नो कलश यात्रा निकाल्ने क्रममा बिहानै मुस्लिम समुदायका केही व्यक्तिद्वारा ढुङ्गामुरा प्रहार गरिएको थियो सो घटनालाई हिन्दु समुदायले बढी चासो नराखी सामान्य हिसाबले लिएको कारण त्यसकै राति सबै हिन्दुहरूले पुजा अर्चनामा व्यस्त भएअनि अज्ञात समूहले हिन्दूको आस्थाको केन्द्र हनुमान मन्दिर र पौराणिककालदेखि पुज्दै आएको ब्रहमबाबा मन्दिरमा पराल राखेर हिन्दू समुदायलाई खुल्याम चुनौती दिएर आगजनी गरि दुबै मन्दिरमा जलाइएको हो ।

२४ घण्टा भन्दा बढी घटनाको भइसकेको अवस्थामा हालसम्म दोषी पक्राउ पर्न सकेको छैन अनि त्योभन्दा गाउँको हिन्दू समुदाय अहिले पनि डरको त्रासमा बसिरहेका छन् । सबै ठाउँमा पछिल्लो समय हिन्दूहरुमाथि कतिपय स्थानमा आक्रमण गरी अपराधीहरुका मनोबल बढेको परिषद्को ठहर छ ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box