धनगढीमा आफ्नै घरको पाँच तलाबाट हामफालेका व्यवसायीको उपचारका क्रममा मृत्यु

धनगढी १० माघ । आफ्नै घरको पाँच तलाबाट हामफालेका धनगढीका एक व्यवसायीको मृत्यु भएको छ।

Advertisement

धनगढी–उपमहानगरपालिका–४ बसपार्कको छेउमा घरको पाँच तलाबाट हाम फालेका ५३ बर्षीय सन्तोष अग्रवालको मृत्यु भएको प्रहरीले जनाएको हो।

प्रहरीका अनुसार बुधवार बिहान ११ बजेर २६ मिनेटमा उनले छतबाट हामफालेको थिए। घाइते अवस्थामा भुइँमा बजारिएका उनको उपचारका लागि धनगढीकै नवजीवन अस्पतालमा लगिएको थियो।

त्यहाँ डाक्टर उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले जानकारी दिए।

अहिले अग्रवालको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ। घटनाबारे प्रहरी अनुसन्धान गरिरहेको छ।

स्थानीयले घरायसी विवादका कारण व्यवसायी अग्रवालले आत्महत्या गर्ने सोचले छतबाट हामफालेको बताएका छन्।

प्रहरीले भने उनले के कारणले हामफाले भन्ने विषयमा अनुसन्धान गरिरहेको छ।

अग्रवाल लामोसमयदेखि धनगढीमा कस्मेटीक सामानको होलसेल ब्यापार गर्दै आएका थिए। अहिले बसपार्क छेउमा उनले पछिल्लो समय आफ्नै पाँच तले घर बनाएर तल्लो भुइँ सटरमा ब्यवसाय सञ्चालन गर्दै आएका थिए।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box