वीरगंज ९ माघ ।
श्रमजिवि पत्रकारहरुको छाता संगठन समाजवादी प्रेस संगठन नेपालका महासचिव रामकुमार ऐलन माथि कारवाहीको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रिय कार्यालय, केन्द्रिय प्रचार विभाग समिति एवं संगठनका केन्द्रिय समिति काठमाडौंमा उजुरी परेको छ ।
सो उजुरीमा महासचिव ऐलन समाजवादी पर्सा संगठनलाई वर्षौ दिन देखि जानी–जानी भाडभैलो गरी गुट–उपगुटमा बिभाजित गरेको आरोप लगाईएको छ । महासचिव जस्तो जिम्मेवार व्यक्तिले जिल्ला–जिल्लामा झगडा लगाएर संगठन र पार्टीलाई कमजोर बनाउदै गईरहेको उजुरीमा उल्लेख छ ।
फिलिंगो मिडियाका संचालक समेत रहेका रामकुमार रिजाल भन्ने रामकुमार ऐलनले युवा क्षमता विकास र आधारभुत पत्रकारिता तालिम कार्यक्रम सञ्चालन गर्दा अनियमित्ता गरेको हुनाले ऐलनलाई विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल सहितको ईजलासले भ्रष्टाचारी ठहर गरेको हो ।
सम्मानित विशेष अदालतले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को १ र १ (घ)को व्यवस्था अनुसार कसुर ठहर गरेको छ । विशेष अदालतले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (४) अनुसारको कसुरमा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (४) बमोजमि सजाय हुन र सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सो बिगो जफत हुने समेत भ्रष्टाचार भएको रकम २ लाख ६० हजार ९ सय रुपैया अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माग दाबी गरे अनुसार नै भ्रष्टाचार ठहर भएको हो ।
भ्रष्टाचारी ऐलनले संगठनलाई भाडभैलो गरेको र सम्मानित विशेष अदालतले भ्रष्टाचारी ठहर गरिसकेको अवस्थामा पनि महासचिव जस्तो गरिमामय पदमा राखिराख्नुले गौरवशाली संगठन र पार्टी प्रति नकारात्मक सन्देश प्रवाह भईरहेकोले ऐलनलाई महासचिव पदबाट पदमुक्त गर्न कारवाहीको माग गर्दै उजुरी परेको बताईएको छ ।