पत्रकार दुबे समाजिक कार्यमा अग्रसर, खेलाडीलाई गरे ट्रयाक सुट वितरण

बारा, ८ माघ / फेटा गाउपालिका वडा नम्बर १ रजवटीया टोलका कुस्ती खेलाडीहरुलाई दुबेले ट्रयाकसुट वितरण गर्दै सम्मान गरेका छन । स्थानीय जनप्रतिनिधि लगायत मेयरले समेत कुस्ती खेलाडीहरुलाई सम्मान नगरेको अवस्थामा पत्रकार एवं समाजसेवी उमेश दुबेले ट्रयाकसुट वितरण गर्दै सम्मान गरेका हुन ।
श्री हनुमान आखडा समु्हमा कुस्ती खेल्ने खेलाडीहरुलाई समाजसेवी दुबेले सम्मान स्वरुप ट्रयाक वितरण गरेका छन । ट्रयाकसुट वितरण कार्यक्रममा दुबेले कुस्ती खेलाडीलाई हालको समयमा गाउपालिका भित्र एउटै ठाउमा कुस्ती खेल हुने गरेको कारण चुनौतीको सामना गर्दै अगाडी बढ्न सुझाव दिएका थिए । उहाले कुनैपनि समयमा कुस्ती खेलाडीहरुलाई अवाश्यक पर्ने समाग्री आवश्यकता परेको अवस्थामा जानकारी गराउने र हरेस नखाई अझ थप मजबुत बन्दै अगाडी बढ्न सुझाव दिएका थिए ।
श्री हनुमान आखडा समु्हका गुरु ब्रम्हदेव यादवले हालसम्म स्थानीय पालिकाले गर्न नसकेको काम पत्रकार एवम समाजसेवी उमेश दुबेले गरेको बताए । उनका अनुसार स्थानीय पालिकाका मेयर लगायत जनप्रतिनिधिहरुले आखडा समुहको कुनै खेलाडीको लागि केही गर्न नसकेको दुखेसो पोख्दै दुबेले ट्रयाकसुट वितरणले सम्मान गरेकोमा हार्दिक धन्यवाद दिएका थिए । उनले आखडामा खेल्ने खेलाडीहरुको समाग्री अथवा खेलको लागि पटक पटक फेटा गाउपालिका मै गई मेयर रुस्तम अंसारीलाई भनिरहदा समेत केही वास्ता नदेखाएको दुखेसो पोखे ।
मेयरको हकमा भन्ने हो भने कुनै किसिमको खेलाडीहरुलाई सम्मान गर्नु पर्दछ तर फेटा गाउपालिकाका अध्यक्ष खेलाडीका लागि त्यस्तो कुनै किसिमको काम नगरेको आरोप लगाएका थिए । दुबेले सम्मान स्वरुप वितरण गरेका ट्रयाकसुटका कारण खेलाडीहरुमा थप उर्जा थपिएको बताउदै अब उप्रान्त खेलाडीहरुको जनसंख्या पनि बढ्न सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.