रामजानकी मन्दिरमा प्राणप्रतिष्ठाको तयारी अन्तिम चरणमा: वीरगञ्ज

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १०  घड़ीअर्वा पोखरी गेट अगाडि स्थित रामजानकी मन्दिरमा प्राण प्रतिष्ठा गर्ने तयारी भइरहेको छ ।झण्डै ७ दशक भन्दा लामो समयदेखि अतिक्रमणमा रहेको घडिअर्वा पोखरी अगाडीको राम जानकी मन्दिरलाई अतिक्रमण मुक्त गराई रंगरोगन तथा श्रंगार गरिएको छ ।

Advertisement

यही माघ ८ गते भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा प्राण प्रतिष्ठा हुने दिनकै अवसर पारेर वीरगञ्जको रामजानकी मन्दिरमा पनि प्राण प्रतिष्ठा गर्ने तयारी धुमधामका साथ भइरहेको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।

उनकाअनुसार उक्त मन्दिर अहिले सर्वसाधारण नागरिक, भक्तजन एवम् दर्शनार्थीका लागि खुला गरिएको छ । ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले वीरगञ्ज महानगरपालिकासँगको सहकार्यमा लोहार पट्टी, आदर्शनगर हुँदै घडिअर्वा पोखरी रोड तथा माइस्थान चौकसम्म झिलिमिली बत्ती जडान गर्नुका साथै आकर्षक सजावट गरिएको छ ।

विभिन्न स्थानमा सेल्फी स्ट्याण्डको पनि व्यवस्था गरिएको छ भने विभिन्न परिकारका खानाका स्टलहरु पनि राखिने खेतानले यात्रा डेलीलाई बताए । मुर्ती प्राण प्रतिष्ठासँगै सन्ध्या आरती तथा भजनकृतनको व्यवस्था गरिएको उनको भनाई छ ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box