वीरगंज माघ ६ । हिन्दु स्वयंसेवक संघ पर्साले शनिबारको दिन वीरगंजमा भव्य रुपमा मोटरसाईकल याली निकालिएको थियो ।
माघ ८ गते सोमबारको दिन अयोध्यामा नवनिर्मित भगवान श्री रामको मन्दिर उद्घाटनको उप्लक्यक्षमा र भब्य रुपमा मनाउनको लागी सो याली निकालिएको हो । जनगणमा उत्साहका लागि र भव्य मन्दिर निर्माणको संदेश प्रवाहको लागि मोटरसाईकल रयाली निकालिएको संघको जिल्ला कार्यवाह कृष्णा चौरसियाले जानकारी दिए ।
बिरगंजबाट सुरु भएको मोटरसाईकल याली माइस्थान घण्टाघर ,बसपार्क ,छपकैया बाइपास हुँदै परवानीपुर ,लिपनी ,पटेलनगर ,रामपुर, मुसहरी ,ताजपुर ,सुखचैना , कोइरियटोला, लालपर्सा ,चैनपुर हुदै विभिन्न गाउपालिका, नगर पालिका लगायतको क्षेत्रमा नगर परिक्रमा गरेको थियो।
यालीमा करिब २५० भन्दा बढि मोटरसाईकल सहित सनातन युवाहरुको सहभागिता रहेको थियो । हिन्दु स्वयंसेवक संघ पर्सा का स्वंमसेवक कृष्ण साहको नेतृत्वमा कार्यक्रम सम्पन भएको संघको जिल्ला कार्यवाह कृष्ण चौरसियाले जानकारी दिए ।