माैजेसिर्सियामा नवनिर्मित विद्यालय भवनकाे मेयर सिंहले गरे उद्घाटन

वीरगन्ज ५ माघ ।वीरगन्ज महानगरपालिका वडा नम्बर २५ माैजे सिर्सियामा रहेकाे रामआज्ञा चतुर्वेदी आधारभूत विद्यालयमा नवनिर्मित भवनकाे शुक्रबार उद्घाटन गरिएको छ।

Advertisement

शुक्रबार वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले उक्त भवनकाे उद्घाटन गरेका हुन् ।त्यसअवसरमा संविधान सभा सदस्य आशा चतुर्वेदीकाेपनि उपस्थिति रहेकाे थियाे ।

वीरगन्ज महानगरपालिका र जिल्ला समन्वय समिति पर्साकाे गरी ६७ लाख रुपैयाँको लागतमा ४ काेठे भवन निर्माण गरिएको हाे।

उद्घाटन कार्यक्रममा विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई स्कुल ब्याग र ट्रयाकसुटपनि वितरण गरिएको थियाे ।

वडाध्यक्ष आशुतोष चतुर्वेदीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी,सदस्य , प्रधानाध्यापक ,शिक्षक,शिक्षिका,अभभावक लगायतकोपनि उपस्थिति थियाे।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box