जाडो यामको प्रभाव बाट बाच्न कम्बल वितरण

बीरगंज ४ माघ
जाडो यामको प्रभाव बाट बाच्न वडा कार्यालयले कम्बल वितरण गरेको छ। वडा न. १२ मा रहेका ज्येष्ठ नागरिक, एकल महिला, विधुवाहरु लाई ३९१ वटा वितरण गरिएको वडा कार्यालयले जनाएको छ।

बीरगंज म.न.पा.वडा नं.१२ बाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ( ज्येष्ठ नागरिक, एकल महिला, विधुवा, अति लाभग्राहीहरु लाई कम्बल वितरण गर्ने कार्यक्रम रहेको बारे सुचना गरेका अनुसार आ-आफ्नो नागरिकता तथा सामाजिक सुरक्षा भत्ता कार्डको फोटोकोपी लिई उपस्थित भईदिनु हुन सम्पूर्ण लाभग्राहीहरुमा सूचित गरिएको थियो। सोही अनुसार वितरण गरिएको हो। कुनै भेदभाव तथा काखापाखा नगरी निश्पक्षरुपमा वितरण गरिएको वडा कार्यालयले जनाएको छ।

कम्बल वितरण कार्यक्रममा वडा अध्यक्ष तथा सदस्यहरुको आफ्नो निगरानीमा लाभग्राहीहरु लाई कम्बल वितरण गराएको जनाइएको हो। उक्त वितरणकार्यक्रममा वडाका भद्रभलादमीहरुको सहभागिता रहेको थियोे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.