वीरगञ्ज । पर्सा जिल्लामा प्याब्सन जुनियर नकआउट फुटबल तथा अन्तर विद्यालय नकआउट टि–२० क्रिकेट टुर्नामेन्ट–२०८० हुने भएको छ । निजी तथा आवासीय विधालय अर्गनाइजेशन नेपाल वीरगञ्ज पर्साको आयोजनामा ८ औँ क्रिकेट तथा फुटबल टुर्नामेन्ट हुने भएको हो ।
वार्षिक क्यालेन्डर अनुसार प्याब्सनले हरेक वर्षझै यसवर्ष पनि प्रतियोगिताको आयोजना गर्न लागेको आयोजकले जनाएको छ । आयोजकले आज वीरगञ्जको होटल भिस्वामा पत्रकार सम्मेलनको आयोजना गरि यसबारेमा जानकारी गराएको हो ।
प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधानका अनुसार टुर्नामेन्ट अन्र्तगत माघ ६ गतेदेखि नारायणी क्रिकेट रंगशालामा प्रतियोगिता हुनेछ । प्रतियोगितामा जिल्लाभरिका ३० वटा विद्यालयहरुको प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता आयोजनाका लागि करिब ७ लाख ८२ हजार ४५० मूल्य बजेट छुट्याइएको उनले बताए ।
यस्तै माघ ७ गतेदेखि जिल्ला प्रहरी कार्यालय पर्साको खेलमैदानमा फुटबल प्रतियोगिता हुने अध्यक्ष चौरसियाको भनाइ छ । प्रतियोगितामा जिल्लाभरिका २४ विद्यालयका विद्यार्थीहरुले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । कुल ४ लाख ६३ हजार ३६० रुपैँयाको कुल बजेटमा प्रतियोगिताका हुनेछ ।
सम्मेलनमा प्याबसन पर्साका उपाध्यक्ष सरोज प्रसाद चौधरी, शिव गुप्ता, सचिव राहुल श्रीवास्तव, कोषाध्यक्ष रामकिशोर यादव, विरेन्द्र यादव, ब्याबसन वीरगन्ज महानगर अध्यक्ष आलोक कुमार चौरसिया, नगर सचिव सन्नी पख्रिन, सदस्य अनिल आलोक, ईमामुदिन अहमद, स्याम केसी, स्याम ठाकुर लगायतका प्याबसनका सदस्यहरुको उपस्थिति रहेको थियो ।