अयोध्यामा निर्माण श्रीराम मन्दिर उद्घघाटनको दिन नेपाल भरी उत्सव मनाऊं, नेपाल जनता पार्टी आग्रह

काठमाडौं ४ माघ
नेपाल जनता पार्टीले अयोध्यामा निर्माण भएको श्रीराम मन्दिरको पावन दिन उत्सव मनाऊंन हिन्दू समाज लाई आग्रह गरेकों छ । ५०० वर्षको संघर्ष र हजारौ हजारको बलिदानी बाट अवसर प्राप्त भएको हो।सनातन धर्म माननेहरुको लागी माघ ८ गते २२ जनवरी ऐतिहासिक दिन हो ।

Advertisement

अयोध्यामा निर्माण भगवान श्रीराम को मन्दिर विश्व भरीका हिन्दूहरुको प्रमुख आस्था केन्द्रमा रहेको छ । नेपाल जनता पार्टी केन्द्रीय कार्य सम्पादन समितिको पुस २६,२७,२८ गते काठमांडू अनामनगरमा बसेको बैठकले माघ ८ गते घर घर दीपावली,पूजापाठ र हर मन्दिरमा भव्य पूजापाठ गर्न पार्टीको केन्द्रीय समिति,वर्गीय मंच, प्रदेश समिति,जिल्ला समिति,नगर समिति,वडा समितिका नेता कार्यकर्ता लाई निर्देशन गरेको छ।

साथै अयोध्या श्रीराम मन्दिर उद्घघाटनको पावन दिन माघ 8 गते देश भरी हिन्दू समाज,धार्मिक संघ-संस्था,विभिन्न समूहले गर्ने कार्यमा रचनात्मक भूमिका निर्वाह गर्ने समेत पार्टीका नेतागण लाई निर्देशनातमक अनुरोध गरेको छ।नेपाल जनता पार्टीका केन्द्रीय अध्यक्ष त्रिभुवननाथ पाठकको सभापतित्वमा सम्पन बैठकमा वरिष्ठ नेता संतोषानन्द महाराज, वरिष्ठ उपाध्यक्ष खेमनाथ आचार्य, उपाध्यक्षहरु ओमप्रकाश जैसवाल, धीरेन्द्र झा मैथिल, बिरेन्द्र कलवार, महामंत्रीहरु राजनन्दन चौधरी,नारायण सापकोटा, दीपेन्द्र चौधरी,मंत्री जयनाथ यादव, सह-कोषाध्यक्ष सुनील ढकाल,महिला नेतृ पिंकी महासेठ,युवा विभाग प्रमुख होम दहाल,प्रचार प्रसार विभाग प्रमुख दिलीप तामांग सहित सहभागी रहेका थिए।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box