वीरगन्ज ३ माघ |भारतकाे उत्तरप्रदेश स्तिथ अयाेध्यामा नवनिर्मित राम मन्दिरकाे उद्घाटनका दिन माघ ८ गते वीरगन्जका माछा-मासु र मदिराकाे पसल तथा हाेटलहरु बन्द गर्न वीरगन्ज महानगरपालिकाले लिखित निर्देशन दिएकाे छ।
अयाेध्याकाे राम मन्दिरकाे उद्घाटनकै दिन माघ ८ गते वीरगन्ज १० घडिअर्वास्थित पुर्ननिर्मित रामजानकी मन्दिरमापन भगवान राम र माता सिताकाे मूर्ति स्थापना र प्राणप्रतिष्ठा गरिने भएकाले त्यसदिन वीरगन्जमा माछा-मासु र मदिराका पसल बन्द गर्न महानगरपालिकाले निर्देशन दिएकाे हाे।
बुधबार महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले जारी गरेकाे सूचनामा भनिएकाे छ`अयाेध्याकाे नवनिर्मित राम मन्दिरकाे उद्घाटनकै अवसर पारेर वीरगन्जको रामजानकी मन्दिरमापनि माघ ८ गते भगवान राम र माता सिताकाे मूर्ति स्थापना र प्राणप्रतिष्ठा गर्ने कार्यक्रम रहेकाले उक्त दिन कुनैपनि पशु वा पंक्षीकाे बध, माछा-मासुकाे बिक्रीवितरण लगायतका कार्य नगरिदिनुहुन सराेकारवाला व्यवसायीहरुलाई सूचीत गरिन्छ।´
महानगरकाे याे सूचनालाई अटेर गरेकाे पाइएमा सम्बन्धि व्याक्तीलाई नियामानुसार कारबाही गरिने चेतावनीसमेत महानगरपालिकाले सूचनामार्फत दिएकाे छ।
यसअघ मंगलबार विश्व हिन्दु परिषदलेपनि माघ ८ गतेका दिन वीरगन्जमा माछा-मासु र मदिाका पसल बन्द गराईदिन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएको थियाे ।