Post Views: 216
वीरगन्ज २ माघ ।वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले संघीय सरकारका अर्थमन्त्री डाक्टर प्रकाश शरण महतलाई भेटेर वीरगन्ज चिनी कारखाना परिसरमा रहेकाे ऐतिहासिक पशुपतिनाथ मन्दिर र पाेखरीकाे संरक्षण र साैन्दर्यकरणका लागि सहयाेग गरिदिन आग्रह गरेका छन्।
काठमाडौंस्थित मन्त्रालयमै मंगलबार अर्थमन्त्री महतलाई भेटेर मेयर सिंहले वीरगन्ज चिनी कारखानाकाे जग्गा संरक्षणका लागिपनि सहयाेग गर्न आग्रह गरे।मन्त्री महतलाई ज्ञापनपत्र समेत बुझाँउदै मेयरले चिनी कारखाना परिसरमा रहेकाे पशुपतिनाथ मन्दिर र पाेखरीकाे संरक्षण र साैन्दर्यकरण गरि धार्मिक पर्यटकीयस्थलका रुपमा विकसित गर्ने काम महानगरले सुरु गरिसकेको र त्यसमा संघीय सरकारकाेपनि सहयाेग आवश्यक रहेकाे बताए ।
मन्त्री महतलाई बुझाइएको ज्ञापनपत्रमा तीन दशकदेखि बन्द रहेकाे वीरगन्ज चिनी कारखाना परिसरमा रहेका मन्दिर र पाेखरीसहितका संरचना र खाली जग्गा अतिक्रमणबाट जाेगाउनले उदेश्यले नै महानगरले मन्दिर र पाेखरीकाे साैन्दर्यकरण गरिरहेकाेले यसमा महानगरकाे अरु कुनै दुषित मनशाय नरेकाेपनि मेयर सिंहले प्रष्ट पारेका छन् ।
त्यसैले पशुपतिनाथ मन्दिर र पाेखरीकाे संरक्षण र साैन्दर्यकरणका लागि महानगरले थालेकाे अभियानमा अर्थमन्त्रालयबाट सहजिकरण गरेर सहयाेग गरिदिन अर्थमन्त्री महतसंग मेयर सिंहले आग्रह गरेका छन् ।यीसबै कामका लागि सरकारकाे आगामी नीति तथा कार्यक्रममा बजेटकाे व्यवस्था गरिदिनपनि उनले अनुराेध गरेका छन्।
साथै चिनी मिलपरिसरमा रहेकाे मन्दिर र पाेखरीसंगै जाेडिएकाे उत्तरतर्फकाे खाली जग्गा अतिक्रमणकाे चपेटामा परेकाले उक्त जग्गालाई अतिक्रमणमुक्त बनाउनका लागि मन्दिर र पाेखरी भएकाे स्थानमा धार्मिक गतिविधि गर्न पाउने गरि महानगरलाई आवश्यक अनुमति प्रदान गरिदिनपनि मेयर सिंहले ज्ञापनपत्र मार्फत अनुराेध गरेका छन् ।
ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री महतले चिनी कारखानाकाे जग्गा, चिनी कारखाना परिसरमा रहेका मन्दिर , पाेखरी लगायतका संरचनाकाे संरक्षण र साैन्दर्यकरणका लागि महानगरले थालेकाे प्रयास सराहनीय रहेकाे भन्दै यसमा मन्त्रालयले सक्दाे सहयाेग गर्ने प्रतिबद्धता जनाएको भेटमा सहभागी महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मात्रिका प्रसाद भट्टराईले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0