दिपक चौरसिया
बिरगंज २ माघ । विश्व हिन्दू परिषद नेपाल बिरगंजले माघ ८ गतेको दिन बिरगंजका सम्पूर्ण माछा , मासु तथा मदिरा पसल बन्द गर्ने निर्णय सहित जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञपन पत्र बुझाएको छ ।
विश्व हिन्दू परिषद नेपाल वीरगन्जका महानगर अध्यक्ष सागर सराफले माघ ८ गते जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख दिनेशसागर भुसाललाई पत्राचार गरी माछा तथा मासु पसल, मदिरा पसल र गैरकानूनी पसल बन्द गर्न आग्रह गरिएको हो ।
विश्व हिन्दू परिषद नेपाल बिरगंजले जिल्ला प्रशासन कार्यालय पर्सामा बुझाएको ज्ञापन पत्रमा पाच सय वर्षपछि भगवान श्रीरामद्वारा अयोध्यामा भव्य राम मन्दिरको निर्माण र प्राणप्रतिष्ठा गर्न लागिरहेकोले सोही दिन विश्वका सबै सनातन अर्थात हिन्दूहरूको लागि पुजा अर्चना गर्ने भएको छ ।
त्यस दिन हरेक मठ मन्दिरलाई राम मन्दिर झै बिहान सजाउने, शोभायात्रा निकाल्ने, झाक्री सहित सहरको परिक्रमा, दिउसो प्राणप्रतिष्ठा प्रोजेक्टरको माध्यमले देखाइने उल्लखे छ । साझ हरेक मन्दिरमा भव्य दीप प्रजवलित गर्न र राति विभिन्न ठाउमा महाआरती गर्न अपिल तथा विभिन्न ठाउमा झाक्रीको प्रदर्शन गर्ने समेत रहेको परिषद्ले जनाएको छ ।
यसका लागि वर्तमान अवस्था बहुसंख्यक हिन्दुहरूको आस्थालाई ध्यानमा राखी सबै मासु–माछा पसल, मदिरा पसल तथा होटलहरू समेत बन्द गर्न गराउन ज्ञापन पत्रमा उल्लेख छ ।