विगत पाँच महिनामा गत वर्षको भन्दा ४ करोड बढी राजश्व संकलन :वीरगंज महानगर

वीरगन्ज,१माघ | वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा गत आर्थिक वर्षको त्यहि अवधिको भन्दा करिब ४ करोड रुपैयाँ बढी राजश्व संकलन गरेको छ ।

Advertisement

महानगरपालिकाले चालू आवको पहिलो पाँच महीनामा २६ करोड ९० लाख ५१ हजार ५८७ राजस्व सङ्कलन गरेको वीरगञ्ज महानगरपालिका कार्यालयका राजस्व महाशाखाका प्रमुख मनोज कर्णले बताए । उनका अनुसार गत आर्थिक वर्ष २०७९÷८० को पहिलो पाँच महिनामा महानरले २३ करोड सात लाख ५६ हजार ९१० रुपैयाँ राजस्व उठाएको थियो । गत वर्षको पाँच महीनाको तुलनामा करीब ४ करोड बढी राजस्व संकलन भएको कर्णले बताए ।

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सम्पत्तिकरबाट १० करोड ४९ लाख ६५ हजार ७००, भूमि  मालपोतबाट ५५ लाख २८ हजार ८३०, घरबहाल करबाट तीन करोड २६ लाख ३० हजार १४०, बहाल बिटौरी करबाट ११ लाख ५१ हजार २००, सवारीसाधन कर (साना सवारी) १६ लाख २० हजार ६७०, पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर एक करोड चार लाख छ हजार २००, बाँडफाँटबाट प्राप्त विज्ञापन करबाट १९ लाख ६७ हजार २६२, मनोरञ्जन करबाट ७९ हजार ७८०, व्यवसाय रजिस्टेशन दस्तुरबाट एक करोड ४८ लाख ६४ हजार ६८० सङ्कलन भएको कर्णले बताए ।

यसैगरी, सरकारी सम्पत्ति बहाल करबाट दुई करोड ७१ लाख ८२ हजार ३०४, निजी धारा जडान शुल्कबाट ७८ हजार ८००, अन्य सेवा शुल्कबाट एक करोड ७४ लाख ४६ हजार ६३७, न्यायिक दस्तुरबापत १४ हजार ७०, अन्य प्रशासनिक सेवा शुल्कबापत १३ लाख ९४ हजार १६९, नक्शापास दस्तुरबापत एक करोड ७७ लाख १४ हजार १९८, सिफारिश दस्तुरबापत एक करोड १६ लाख ६९ हजार ६८६, व्यक्तिगत घटना दर्ता दस्तुरबापत १५ लाख ८० हजार ६७, नाता प्रमाणित दस्तुरबापत ११ लाख ९७ हजार ९४०, अन्य दस्तुरबापत दुई लाख २० हजार, प्रशासनिक दण्ड जरिवाना र जफतबापत ३६ लाख १९ हजार ३४५ तथा बेरुजू छ लाख १९ हजार १० गरी चालू आवको ५ महीनामा २६ करोड ९० लाख ५१ हजार ५८७ राजस्व सङ्कलन भएको कर्णले जनाए ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box