१२ वर्षीया बालिकालाई बलात्कार आरोपमा बारा प्रहरीले एक युवकलाई पक्राउ

वीरगन्ज २९ पुष । बारामा १२ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेकाे छ ।

Advertisement

बाराकाे महागढीमाई नगरपालिका वडा नम्बर २ का ३० वर्षीय अकाश मण्डललाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।
पिडित बालिकाका अभिभावकले दिएकाे किटानी जाहेरीका आधारमा मण्डललाई शनिबार पक्राउ गरिएको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए। पिडित बालिकाकाे शनिबार नै कलैयास्थित प्रादेशिक अस्पतालमा स्वास्थ्य परिक्षण गराइएको जानकारी उनले दिए।

पक्राउ परेका मण्डललाई जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको उनले बताए ।
प्रहरी उपरीक्षक काफ्लेका अनुसार,प्रहरीमा परेकाे उजुरीमा मण्डलले ती बालिकालाई विभिन्न प्रलाेभनमा पारेर पटक जबरजस्ती करणी गरेकाे उल्लेख छ ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box