मस्जिदहरुमा महानगरपालिकाले दियाे गिजर मेशीन

वीरगन्ज,२७ पौष ।वीरगन्ज महानगरपालिकाले महानगरका विभिन्न वडामा रहेकन मस्जिदहरुमा गिजर मेशिन वितरण गरेकाे छ।

Advertisement

Τवीरगन्ज मुस्लिम उत्थान समितिकाे समन्वयमा महानगरपालिकाले शुक्रबार विभिन्न वडाका ५ वटा मस्जिदमा १/१ थान गिजर मेशिन वितरण गरेकाे हाे ।वडा नम्बर २,३,२८,२९ र ३१ मा रहेका मस्जिदमा १/१ थान विद्युतीय गिजर मेशिन प्रदान गरिएको वीरगन्ज मुस्लिम उत्थान समितिका अध्यक्ष अब्बास मन्सुरीले जानकारी दिए।

अहिलेकाे बढ्दाे चिसाेमा ताताे पानीकाे सेवा उपलब्ध हाेस् भनेर मस्जिदहरुमा गिजर मेशिन वितरण गरिएको महानगरपालिका मेयर राजेशमान सिंहले बताए ।शुक्रबार पहिलाे चरणमा ५ वटा मस्जिदमा गिजर प्रदान गरिएको भन्दै उनले महानगरका अन्य वडामा रहेका मस्जिदहरुमापनि गिजर उपलब्ध गराइने बताए ।

शुक्रबार भएकाे गिजर वितरण कार्यक्रममा वीरगन्ज मुस्लिम उत्थान समितिका सदस्यहरू खुश महम्मद मियाँ , असरद कमाल , सलाउद्दीन मंसूरी , जबार अंसारी ,अफरोज आलम लगायतकोपनि उपस्थिति रहेको थियोे ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box