दिपक चौरसिया
पर्सा, २६ पौष / पर्साको ग्रामिण भेगमा पर्ने अलौ नाका हुँदै व्यापक रूपमा तस्करी बढेपनी सीमामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी मौन धारण नै गरेको पाइन्छ । अलौ नाकाको मुख्य भन्सारका साथै कोनिया नाकाबाट दिनहु करोडौ बराबरको कपडा र काजु नेपाल भित्रिरहेपनी नेपाल प्रहरी र सशस्त्र प्रहरी मुखदर्शक नै बन्न पुगेका हुन ।
जिल्लादेखी सीमा नाकामा खटिने प्रहरीहरू समेत आर्थिक कारोबारमा लिप्त भए पश्चात् साङठनिक तस्करी सुरू भएको स्थानीयहरू बताउछन । सीमा नाका सुरक्षाको साथै राजस्व नियन्त्रण गर्न खटिएका सशस्त्र प्रहरी र शान्ति सुरक्षामा खटिएका नेपाल प्रहरीको सन्युक्त सेटिङ्ग र भागबन्डामा तस्करी सुरू भएको प्रत्यक्षदर्शीहरू नै बताउछन । रातिको समयमा तस्करहरूको लस्करै लाग्ने र त्यसमा पनि मालसमान निकाल्न दस मिनेट अगाडी नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारीले लाइन नै देख्ने कार्य गर्दै आएकोले साङठनिक रूपमै तस्करीको लाइन खोलिएको उनले बताए ।
केही दिन अगाडी मात्र सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट खटिएको टोलिले अबैध तरिकाले नेपाल भित्रिएको मालसामान पक्राउ गर्दा बोर्डर आउट पोस्ट अलौको डिएसपी बाहेक सबै प्रहरी नै परिवर्तन गरिएको थियो तर भोजपुरी उख्खान “उढरी काहियो ना सुधरी´´ झै एक हप्ता नबितिदै तस्करी सुचारू भएको पाइन्छ । सीमा नाकामा खटिएका सशस्त्र प्रहरीले आफ्नो माथिल्लो निकायकै आदेशमा तस्करीको मालसमान छोडने गरेको एक घटनाले उजागर पारेको छ ।
गत मङ्गलबार राती करिब १ बजेको समयमा भारतबाट अबैध तरिकाले नेपाल भित्रिएको कपडाको मोटरसाइकल सीमामा खटिएका सशस्त्र प्रहरीले बरामद गरेको थियो तर आफ्नै माथिल्लो निकायको आदेशमा दुइटै मोटरसाइकल पुन: तस्करको जिम्मा लगाउनु पर्ने बाध्यता भयो भन्दै एक जना सशस्त्र प्रहरी श्रोत नै बताए । उनका अनुसार अलौ नाकाबाट दिनहु १ सय भन्दा बढी तस्करहरू सकृय रहेका थिए तर हालको समयमा ठुला बडा तस्करको रूपमा बैझनाथ, जयप्रकाश र राजकिशोर भनिनेले हालको समयमा पनि तस्करी गर्न सकृय रहेको बताए ।
उनका अनुसार प्रहरी जनता सेवा भन्दापनि तस्कर सेवामा बढी केन्द्रित भएर काम गर्ने गरेको आरोप लगाए । अब माथिल्लो निकाय भनिएका जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणले केही कारवही प्रकृया अगाडी बढाउने हो कि होइन हेर्न बाकी रहेको छ ।