अयाेध्या यात्रामा निस्किएका वीरगन्जका युवाहरुलाई मेयर सिंहले गरे विदाई

वीरगन्ज,२६पुष । भारतकाे अयाेध्यामा नवनिर्मित राममन्दिरकाे समुद्घाटनमा सरिक भई दर्शन र पूजापाठका लागि राष्ट्रीय बजरंग दलको नेतृत्वमा वीरगन्जका युवाहरुकाे एक समुह १० दिने प‌ैदल अयाेध्या यात्रामा निस्किएको छ।

Advertisement

राष्ट्रिय बजरंग दल पर्साका ११ जना युवाहरुकाे टाेली बिहीबार बिहान वीरगन्जबाट पैदल अयाेध्या यात्रामा निस्किएको हाे।
भगवान रामकाे जन्मभूमि अयाेध्यामा नवनिर्मित राममन्दिरमा जनवरी २२ तारिक अर्थात माघ ८ गते भगवान रामकाे मूर्ति प्राणप्रतिष्ठासंगै समुद्घाटन समाराेह हुदैंछ।
त्यहि समाराेहमा सरिक हुन र पूजापाठ गर्नका लागि वीरगन्जबाट बजरंग दलका युवाहरु बिहीबार बिहान १० दिनकाे पैदल अयाेध्या यात्रामा निस्किएका हुन् ।वीरगन्जबाट अयाेध्याकाे दूरी ३५० किलोमिटर छ।
वीरगन्जबाट अयाेध्याका लागि प्रस्थान गरेकाे बजरंग दलका युवाहरुलाई वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले माईस्थानस्थित गहवामाई मन्दिर परिसरमम फूलकाे माला र खादा लगाएर विदाई गरे।
वीरगन्जबाट भगवान् रामका लागि धातुकाे धनुष-वाण लगायतका काेसेली लिएर हिडेकाे टाेली भारतकाे बिहार र उत्तर प्रदेशका विभिन्न शहरकाे प‌दल यात्रा गर्दै १० दिनमा राम जन्मभूमि अयाेध्यामा पुग्ने लक्ष्य रहेकाे पैदल यात्रामा सहभागी वीरगन्ज -१० का युवा मुन्ना साह कानु र वीरगंज १४ पिप्रा का सौरभ पटेलले बताए ।अयाेध्यामा पुगेर नवनिर्मित राममन्दिरकाे समुद्घाटन समाराेहमा सरिक भई पूजापाठपनि गर्ने उनले बताए।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box