के कारणले कमजोर हुन्छ पुरूषको प्रजनन क्षमता ? डा. चितरञ्जन शाह,

काठमाडौं, पुस २५
कुनै पनि गर्भनिरोधक साधन प्रयोग नगरी एक वर्षसम्म सहबास गर्दासमेत बच्चा जन्मिएन भने त्यस्ता जोडीको प्रजनन क्षमतामा समस्या छ भन्ने बुझ्नुपर्छ।

पहिले पहिले बच्चा नजन्मिएको दोष महिलाहरूलाई दिइन्थ्यो। महिलालाई स्वास्थ्य परीक्षण गर्न लगिन्थ्यो तर पुरूषमा पनि प्रजनन क्षमता कमजोर हुन्छ भन्ने अनुमानै गरिएको हुँदैन थियो।

तर विभिन्न खाले प्रविधिले पुरूषमा पनि प्रजनन क्षमता कमजोर भएको पत्ता लागिसकेको छ। बच्चा नजन्मिनुमा पुरूषको एक तिहाइ, महिलाको एक तिहाइ र एक तिहाइ कारण पत्ता लाग्न सकेको छैन।

तर बच्चा नजन्मिनुमा पुरूष र महिला उत्तिकै जिम्मेवार हुन्छन्। पुरूषको प्रजनन क्षमता कमजोर हुँदै गएको छ। पुरूषको शुक्राणुको संख्या समेत घट्दै गएको छ।

पुरूषको प्रजनन क्षमता कमजोर हुनुको एउटा कारण वंशाणुगत हो। जुन हाम्रो नियन्त्रणमा छैन। तर धेरै कारणहरू नियन्त्रण गर्न सकिन्छ।

तनावपूर्ण र व्यस्त जीवनशैली, चुरोट सेवन, अत्यधिक रक्सी सेवन, अत्यधिक मोटोपन र विभिन्न खालका रोगले पुरूषको प्रजनन क्षमता कमजोर बनाएको छ।

Laxmi bank
अहिले धेरै मान्छेले ल्यापटप प्रयोग गर्छन्। काखमा राखेर ल्यापटप प्रयोग गर्दा अण्डकोषमा समस्या आउँछ। अण्डकोषको तापक्रम ‘मेन्टेन’ भएन भने पनि प्रजनन क्षमतामा कमजोरी देखिन्छ।

कसिला कपडा लगाउने, मोटरसाइकलमा धेरै हिँड्ने व्यक्तिको पनि प्रजनन क्षमतामा समस्या आउन सक्छ।

Nchl
महिलामा २५ देखि ३५ वर्षको उमेर पुग्दासम्म प्रजनन क्षमता ५० प्रतिशत घटेको हुन्छ। त्यसपछि क्रमशः अझै ठूलो अनुपातमा घट्छ।

पुरूषको भने ३५ वर्षको उमेरपछि प्रजनन क्षमता कमजोर हुँदै जान्छ।

सहवासको धेरै लामो समयसम्म भएको छैन र सही समयमा भएन भने पनि गर्भ नरहन सक्छ।

प्रजनन क्षमता कमजोर भएका र प्रजनन क्षमता नभएका पुरूषको कुनै न कुनै किसिमको उपचार हुन सक्छ। त्यसका लागि चिकित्सकसँग सल्लाह गर्नुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.