राजा ज्ञानेन्द्र शाहको बारा स्थित सिमरामा भब्य स्वागत

बारा । पुर्व राजा ज्ञानेन्द्र विर विक्रम शाहको बाराको स्थित सिमरामा सोमबार स्वागत गरिएको छ ।

भैरहवाबाट स्थल मार्ग हुंदै सोमवार अप्रहान्न सिमरा पुगेका शाहलाई नागरिक अभिनन्दन मुल समिति वीरगञ्जको नेतृत्वमा भव्य स्वागत गरिएको हो ।

निकट भविष्यमा वीरगञ्जमा हुने पुर्व राजा शाहको स्वागत तथा नागरिक अभिनन्दनका लागी नेपाली कांग्रेसका वरिष्ट नेता अधिवक्ता देवेन्द्र लाल नेपालीको अध्यक्षतामा गठित मुल समितिले स्वागत गरेको हो ।

वीरगञ्जमा हुने नागरिक अभिनन्दनका साथै बारा र रौतहट जिल्लामा धार्मिक भ्रमणका लागी सिमरा स्थित प्रभुवासमा आएका पुर्व राजा शाहलाई मुल समितिका महासचिव हिरा बहादुर चन्द, कोषाध्यक्ष राजकुमार सिंधी, प्रचार प्रसार उप-समिति संयोजक मानव सेवक लगायतको नेतृत्वमा रहेका हजारौ सर्वसाधारणले स्वागत गरेका हुन् ।

Facebook Comments Box

समन्धित समाचार