दिपक चौरसिया
बिरगंज २३ पुस हिन्दु स्वंमसेवक संघ पर्साद्वारा सम्पुर्ण सनातन राम भक्तजनहरुलाई आगामी पौष शुक्ल द्वादशी अर्थात विक्रम सम्वत् २०८० माघ ८ गते (२२ जनवरी २०२४) सोमबारका दिन, भगवान् श्री रामको जन्मभूमिमा निर्माण भइरहेको नयाँ मन्दिरको गर्भगृहमा भगवान् श्री रामको बाल स्वरूपको नयाँ मूर्तिको प्राण-प्रतिष्ठा गरिने भएकोले पर्साका सनातन राम भक्तजनहरुलाइ हिन्दु स्वंमसेवक संघ पर्साले घर घरमा पुगेर आमन्त्रण पत्र मार्फत उपस्थित हुन अपिल गरेको छ।
हिन्दु स्वंमसेवक संघ पर्साले उक्त अवसरमा अयोध्यामा अभूतपूर्व आनन्दको वातावरण बनाउन पर्साका सम्पूर्ण सनातनहरुलाई आफ्नो गाउँ,टोल बस्तीहरुबाट उपस्थित भइ कार्यक्रमलाई भब्य र सभ्य बनाउन रामभक्तजनहरुलाई हार्दिक अपिल समेत गरेको हो । आफ्नो घर आँगन तथा टोलमा रहेको प्रत्येक मन्दिरमा सत्सङ्ग गर्ने भएकोले रामभक्तहरूलाई भेला गरी, भजन-कीर्तन, टेलिभिजन वा पर्दा (LED स्क्रिन) हाल्ने, समाजलाई अयोध्याको प्राण-प्रतिष्ठा समारोह देखाउने, शंख बजाउने, घण्टी बजाउने, आरती गर्ने, प्रसाद वितरण गर्ने कार्यक्रम समेत रहेको हिन्दु सेवयसेवक संघ पर्सा जिल्लाका कार्यवाह कृष्ण चौरसियाले जानकारी दिएका छन् ।
कार्यक्रमको ढाँचा मन्दिर केन्द्रित हुने भएकोले आफ्नो मन्दिरमा अवस्थित देवी-देवताहरूको भजन-कीर्तन-आरती पूजा गर्न सामूहिक रूपमा विजय महामन्त्र “श्री राम जय राम जय जय राम” १०८ पटक जप गर्नुहोस् र सामूहिक रूपमा हनुमान चालिसा पाठ गर्न अनुरोध गरेको छ। देवी-देवताहरू प्रसन्न हुने भएकोले सम्पूर्ण राष्ट्रको वातावरण सात्विक र राममय बन्नेछ । प्राणप्रतिष्ठा समारोह दूरदर्शनबाट प्रत्यक्ष प्रसारण गरिनेछ भने अन्य टिभी च्यानलहरूबाट पनि प्रसारण हुने कार्यक्रम रहेको छ ।
हिन्दु स्वंमसेवक संघ पर्साले अयोध्यामा राम मन्दिरको भब्य रुपमा प्राणप्रतिष्ठा भइरहेको दिन साँझ सूर्यास्त पछि आफ्नो घर आँगन अगाडि दीप प्रज्वलन गरी देवतालाई प्रसन्न पार्ने दियोबाली दिपावली जस्तै भब्य मनाउन आग्रह गरिएको छ।
हिन्दु स्वंमसेवक संघ पर्साका स्वयंसेवकहरु अहिले पर्साकाे गाउँ गाउँमा अयोध्यायमा बनिरहेको श्रीराम मन्दिरको फोटो र कार्यक्रम हुने समय तालिका तथा पर्चा वितरण गर्ने काम धुमधुमाले भइरहेको संघका ओम प्रकाश गुप्ताले बताएका छन् । अहिले संघले प्रत्येक महानगरपालिका ,नगरपालिका र गाउँपालिकामा रहेको मठ मन्दिरहरुलाई सजाइ पुजा पाठ गर्न एकैसाथ उपस्थित अनुरोध समेत गरेको छ।
उक्त मन्दिरको लम्बाइ ३८० फिट, चौडाइ २५० फिट र उचाइ १६१ फीट र तीन तले मन्दिर, प्रत्येक तलाको उचाइ २० फिट गरि, ३९२ स्तम्भ, ४४ ढोका रहने छ।