पर्सा, २१ पौष / सार्क जरनालिस्ट फोरम बिहार च्यापटरले आयोजना गरेको अन्तरास्ट्रिय अवार्ड कार्यक्रममा भारत, नेपाल र बङ्गलादेशका पत्रकारहरूलाइ अन्तरास्ट्रिय अवार्डबाट सम्मानित गरिएको छ । बिहारको बैशाली जिल्लामा पर्ने विश्व शान्ती स्तुपमा आयोजित कार्यक्रममा भारत, नेपाल र बङ्गलादेशका पत्रकारहरूलाइ अन्तरास्ट्रिय अवार्डबाट सम्मानित गरिएको हो ।
बाराबाट शुभ आरम्भ रास्ट्रीय दैनिक पत्रीकाका कार्यकारी सम्पादक तथा ग्लोबल टेलिभिजनका मधेस प्रदेश ब्यूरो प्रमुख उमेश कुमार दुबे र पर्साबाट बिरगंज महानगरपालिकाका उप-प्रमुख प्रेस सल्लाहकार महम्द सदाब, कालो झोला अनलाइनका मधेस प्रदेश ब्यूरो प्रमुख दिपेन्द्र प्रजापति, जन सुचना न्यूजका सम्पादक रसिद आलम, स्पेस फोरकेका मधेस प्रदेश ब्यूरो प्रमुख राजन रौनियार, न्यूज २४ अनलाइनका सम्पादक अखिलेश प्रसाद साह सम्मानित भएका हुन ।
बिहार हिन्दी साहित्य सम्मेलन पटनाका अध्यक्ष डा. अनिल सुलभको अध्यक्षतामा अन्तरास्ट्रिय अवार्ड कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रमको प्रमुख अतिथि अन्तरास्ट्रिय संस्कृति सन्वाहिका मोरिससका पूर्व प्रधानमन्त्री श्री हरेसबद्धुकि धर्मपत्नी डा. सरिताबद्धु थिन भने बिशेष बिशिस्ट अतिथि सार्क जरनलिस्ट फोरमका अध्यक्ष राजु लामा रहेका थिए । कार्यक्रममा सार्क जरनलिस्ट फोरमका महासचिव महम्द अब्दुल रहमानको समेत उपस्तिथि रहेको थियो ।
सार्क जनरलिष्ट फोरम बिहारको आयोजनामा बारा, पर्सा लगायत नेपालको २० जना पत्रकार सम्मानित भएका थिए ।