समाजवादी बिद्यार्थी यूनियन नेपाल, पर्साले ठाकुराम बहुमुखी क्याम्पसमा ५१ सदस्यीय एकाई समिति गठन

वीरगन्ज । समाजवादी बिद्यार्थी यूनियन नेपाल, पर्साले ठाकुराम बहुमुखी क्याम्पसमा दिलखुस देवानको अध्यक्षतामा ५१ सदस्यीय एकाई समिति गठन गरेको छ ।

Advertisement

आज जनता समाजवादी पार्टी नेपाल निकट भातृ संगठन समाजवादी बिद्यार्थी यूनियन नेपाल, पर्साले ठाकुराम बहुमुखी क्याम्पसमा देवानको अध्यक्षतामा ५१ सदस्यीय एकाई समिति गठन गरेको समाजवादी विद्यार्थी यूनियनका केन्द्रीय सदस्य मो. सगिर अलिले जानकारी गराए ।

समितिको उपाध्यक्षमा मृगेन्द्र पासवान, सहबाज हुसैन, रवि महतो,ईनताज अंसारी,सचिवमा अंकित मिश्रा, सह सचिवमा साहिद अंसारी,कुन्दन यादव,अमन साह लगायत रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि जसपाका जिल्ला अध्यक्ष रामनरेस प्रसाद यादव, विशिष्ट अतिथि जसपाका केन्द्रीय सदस्य फिरोज मंसुर, क्षेत्रीय अध्यक्ष क्षेत्र नं १ का घनश्याम बाबू गुप्ता , महिला नेत्री प्रेरणा श्रेष्ठ ,संघीय शिक्षक फोरम महानगर समितिका सचिव संतोष सर्राफ जसपाका युवा नेता असोक यादव, समाजवादी विद्यार्थी पर्साका नेता एजाज बाबू राकी, अंकित मिश्रा लगायत समाजवादी विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box