वीरगंज । जानकी मन्दिरका महन्त रामरोशन दासको नेतृत्वमा एक टोली राममन्दिरको प्राण प्रतिष्ठाका लागि भारसहित बीरगन्ज आएको थियो । यात्रालाई बीरगन्ज महानगरपालिकाको प्रमुख राजेशमान सिंहले स्वागत गर्नु भएको थियो । यात्रालाई नेपाल प्रहरी र सशत्र प्रहरीको नायव महानिरीक्षक द्वय, लगयात बिभिन्न समाजसेवी राष्ट्रीय बजरंग दलका को समेत सहभागीता थियो साथै विभिन्न समाजसेवीहरुले माला र खादाले स्वागत गरेको थियो ।
यात्रा आजै अयोध्या को लागी प्रस्थान गरेको हो। जनकपुरधामस्थित जानकी मन्दिरबाट बिहीवार सुरु गरिएको यात्रा राति अबेर वीरगञ्ज पुगेको थियो।रक्सौलको बाटो भएर गोरखपुर हुँदै आज रातिसम्म अयोध्या पुग्ने लक्ष्य राखिएको छ। राम जन्मभूमि अयोध्यामा ५ सय वर्षको संघर्षपछि राममन्दिर निर्माण भएको छ।
पाहुरमा विभिन्न प्रकारका कपडा, आभूषण, भाँडावर्तनका साथै विभिन्न मिठाई तथा पकवान रहेका छन्। यसका साथै भगवान् रामका लागि चाँदीको धनुष वाण, माता सीताको चरण पादुका लगायतका गरगहना समेत पाहुरमा राखिएको छ।
भार यात्रा भारतको बेतिया, कुशीनगर, सिद्धार्थनगर, गोरखपुर हुँदै अयोध्या पुग्नेछ। जनवरी २२ तारिखमा भारतको अयोध्यामा निर्माण गरिएको नयाँ मन्दिरमा भगवान् रामको प्रतिमाको प्राण प्रतिष्ठा हुने कार्यक्रम छ।
नवनिर्मित राममन्दिरको प्राण प्रतिष्ठाका लागि वीरगञ्जबाट ‘जनकपुरधाम-अयोध्या भार यात्रा’ भारतको अयोध्या प्रस्थान

Facebook Comments Box