समाजवादी विद्यार्थी युनियन पर्साको विस्तारित बैठक सम्पन्न, हरिन्द्र साहको अध्यक्षतामा ५१ सदस्यिय समिति विस्तार

 

Advertisement

वीरगंजज । जनता समाजवादी पार्टी नेपालको विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियन पर्साको जिल्ला कार्य समिति विस्तार गरिएको छ ।

हरिन्द्र साहको अध्यक्षतामा समाजवादी विद्यार्थी युनियन पर्साको नयाँ कार्यसमिति विस्तार गरिएको हो । वीरगंजमा शनिबार सम्पन्न विस्तारित बैठकले साहको अध्यक्षतामा ५१ सदस्यियत जिल्ला कार्य समिति सर्वसम्मत विस्तार गरेको हो ।
समितिको उपाध्यक्षमा विवेकराज पटेल, दिपेन्द्र गुप्ता, अन्जना मल्लिक सचिवमा आयुष यादव, सहसचिवमा दिपक कुमार पटेल लगायत रहेका छन् ।
विद्यार्थी युनियनको केन्द्रीय पदाधिकारी बैठकले गएको मंसिर २७ गते साहलाई पर्सा जिल्ला संयोजकको जिम्मेवारी दिँदै जिल्ला कार्य समिति विस्तार गर्न निर्देशन दिएको थियो । सोही बमोजिम शनिबार जिल्ला भरका विद्यार्थीको भेलाले सर्वसम्मत जिल्ला कार्यसमिति विस्तार गरेको हो ।
शनिबार सम्पन्न विस्तारित बैठकमा पार्टीका केन्द्रीय सदस्य समेत रहेका वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले पार्टीलाई शसक्त बनाउन युवा विद्यार्थीको खाँचो रहेको भन्दै विधि विधानमा रहेर सबै हिँड्न जरुरी रहेको बताए ।
मेयर सिंहले पुनर्गठित विद्यार्थी युनियनले सबैलाई समेट्ने गरि काम गरेर देखाउन आग्रह गरे । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य भिमा यादव, जिल्ला समन्वय समिति पर्साका अध्यक्ष अजय सर्राफ, पार्टीका वरिष्ठ नेता प्रेमबाबु पटेल, जिल्ला सचिव उमेशलाल सहनी, नगर अध्यक्ष इश्वर यादव, संघीय परिषद सदस्य शिवजी सोनी, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिव निखिल वर्णवाल लगायतको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box