वीरगंज ।केहि दिन मात्र अगाडि विवाह पञ्चमी महोत्सवमा आकर्षणको थप एक केन्द्र बनेको ११ हजार १ सय स्कवायर फिटको रामजानकीको प्रतिमा निर्माणका मुख्य योजनाकार गुनगुन मिश्र सम्मानित भएकी छिन् । उनलाई जनकपुरधामका मेयर मनोज कुमार साह तथा मुर्ती निर्माण समितिका संयोजक जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले सम्मान गरेको छ ।
करिव ७२ कुन्टल अनाजवाट निर्मित मुर्ती अयोध्या पश्चात जनकपुरधाममा भब्यता पायो । अयोध्यामा १ हजार स्कवायर फिटको मुर्ती बनेको समाचार भारतिय सञ्चार माध्यममा देखेकी गुनगुन जनकपुरधाममा पनि यस्तो मुर्ती किन बन्न सक्दैन भन्ने सोचिन र सफल पनि भईन । उनले समाचार बारे आफना अभिभावक र उनका अभिभावकले जनकपुरधामका मेयरसंग कुराकानी गरेपछि मुर्ती निर्माण सम्भव हुन गयो ।
जनकपुरधामका मेयरको आश्वासन पछि गुनगुनले इन्ष्टाग्रामबाट प्रतिमा बनाउने कलाकार भारत मध्य प्रदेशका सतिष गुर्जरको सम्र्पक नम्वर पत्ता लगाएर उनलाई जनकपुरधाम आउन आग्रह गरिन । जनकपुरधामको गरिमा सुन्दा गुनगुनको प्रस्ताव नर्कान नसकेका कलाकारहरु सहजै पवित्र भुमिमा प्रतिमा निर्माण गरि पुन्यको भागि बन्न सहमत भए ।
यहाँ सम्मकी भारतबाट आएका आठजना कलाकारले प्रतिमा बनाउने श्रम पनि निशुल्क गरे । त्यति मात्र होइन भारतका मुख्य कलाकार गुर्जर जनकपुरधाममा हुने विवाह बिश्वमै पवित्र र सफल हुने थाहा पाएपछि भारतबाट संगै टिममा आएकी एक कलाकार युवती संग जानकी मन्दिर प्राङ्गणमा आफनो स्वयंवर पनि रचाउने अवसर प्राप्त गरे ।
काठमाण्डौंमा अध्यन्नरत जनकपुरधाम ४ निवासी रुपेश मिश्रकी सुपुत्री गुनगुनको मन मष्तिष्कमा एक समाचारले पलाएको त्यो सोँचले गिनिज बुकमा नयाँ बिश्वकिर्तिमानको रेर्कड समेत बनाउने भएको छ । अयोध्या भन्दा करिव १ हजार स्कवायर फिट ठुलो मुर्ती जनकपुरधामको बाह्रबिघ्घामा दर्शानालुहरुलाई खुबै तान्न सफल भएको थियो ।
जनकपुरधाममा सो मुर्तीको निर्माण र दर्शकको उत्साह भारतिय सञ्चार माध्यममा पनि प्राथमिकता नपाएको होइन तर ति मिडियामा भारतका कलाकारहरुले उच्च स्थान पाए भन्ने यस्का मुख्य योजनाकार गुनगुन बारे उनीहरु मौन देखिए । आफनो सोँच सार्थक भएकोमा खुसी व्यक्त गर्दै गुनगुनले हौसला बढेको बताइन् ।